नयाँ विकल्प
काठमाडाैं- महानगरीय प्रहरी प्रभाग नाँगढुङ्गाबाले अबैध रूपमा श्रोत नखुलेको रू १ करोड ४७ लाख ८६ हजार सहित २ जना पक्राउ गरेकाे छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग नाँगढुंगाबाट खटिएको प्रहरी टोलिले साेमबार विहान ४:२७ बजेको समयमा काठमाण्डौ चन्द्रागिरि नगरपालिका वडा नं. २ स्थित नाँगढुङ्गा चेकप्वाईन्टमा कपिलबस्तुबाट काठमाण्डौतर्फ आउदै गरेको प्रदेश ३ -०१ ०२३ च २२५९ नम्वरको हुन्डाई सिल्भर रंगको कारलाई चेक जाँच गर्ने क्रममा श्रोत नखुलेको रू १ करोड ४७ लाख ८६ हजार फेला पारी रितपूर्वक वरामद गरेको हाे ।
प्रहरीले उक्त रकम सहित भारत गोरखपुर घण्टाघर घर बताउने बर्ष ३० को अमित कुमार गुप्ता र कपिलबस्तु जिल्ला बाँडगंगा नगरपालिका ४ बस्ने बर्ष २२ को संगम थारुलाइ नियन्त्रणमा लिएकाे छ । थारू कार चालक हुन । कारको विभिन्न भागमा लुकाएको बरामद रकम मध्ये कारको डिक्किमा स्पेयर टायरमुनि तथा कारको बिभिन्न भागमा लुकाईछिपाई ३ वटा झोलामा ल्याएको अवस्थामा रू १ करोड ४७ लाख रूपैया बरामद भएको प्रहरीले जनाएकाे छ ।
पक्राउ परेका अमित कुमार गुप्ताको साथबाट थप ८६ हजार रूपैया बरामद ।उक्त रकम भारतबाट भारतीय रूपैया नेपाल ल्याई नेपालको सीमा क्षेत्र मा पटक पटक गरी नेपाली रुपैयाँ सटही गरेको खुलेकाे छ । घटनामा प्रयोग भएको सवारी साधन, बरामद गरीएको रकम सहित पक्राउमा परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि सम्पत्ति शुद्दिकरण बिभाग पठाइएकाे महानगरीय प्रहरी परिसर काठमाडाैंले जनाएकाे छ ।
नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...
नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...
नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...