नयाँ बिकल्प,
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष तथगा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि भारतको मुम्बइ तर्फ गएका छन् ।
नेपाल एयरलाइन्सको विमान मार्फत सोमबार साडे ११ बजे श्रीमीत सीताका साथ अध्यक्ष दाहाल नयाँ दिल्ली हुँदै मुम्बइ गएका हुन् । सीताको न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युट मुम्बई हुने प्रचण्डको सचिवालयले जनाएको छ । सीतासँगै अध्यक्ष दाहाल र छोरी गंगा दाहाल पनि गएका छन् ।
लामो समयदेखि वंशानुगत पार्किन्सनजस्तो देखिने रोगले पीडित सीताको स्वास्थ्य अवस्था थप बिग्रँदै गएपछि भारत लागिएको हो । यसअघि उनको अमेरिका, सिंगापुर र भारतमा पनि उपचार भएको थियो ।
बजे दिल्ली जान लागेका हुन्। भारतको मुम्बईमा हुने उपचारका लागि उनी दिल्ली हुँदै मुम्बई जान लागेका हुन्। काठमाडौंबाट मुम्बई सिधा उडान नहुने भएकाले उनी नयाँदिल्ली भएर मुम्बई जान लागेका हुन्।
आइतबारको स्थायी कमिटी बैठकमा प्रचण्डले आफ्नी पत्नीलाई थप उपचारका लागि भारत लैजानु पर्ने भएको जानकारी दिएका थिए । सुरूमा प्रचण्डले पत्नीको उपचारमा छोरीहरूलाई मात्र पठाउन खोजेका थिए । तर सीताले प्रचण्डलाई साथै जान आग्रह गरेकाले सँगै जान लागेका हुन् ।
सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो ।
नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनस्र्थापनापछि बन्ने नयाँ सरकारको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिबाद छिनोफानो...
नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...
काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...