नयाँ विकल्प,
काठमाडाैं- सोमबारदेखि काठमाडौंवासीले एक किसिमको अप्ठयारो महशुस गरिरहेका छन् । आँखा पिराे भएर हेर्न अप्ठयाराे हुने गरेकाे जनगुनासाे बढेकाे छ ।
मौसम पूर्वानुमान महाशाखाले बुधबारसम्म पश्चिमी वायुको प्रभाव रहने बताएको छ। काठमाडौं यही अवस्थामा रहने भएकाले सरकारले नागरिकलाई अनावश्यक रूपमा बाहिर ननिस्कन अनुरोध गरेको छ। अत्यावश्यक नपरी बाहिर ननिस्कन, बुढाबुढी र बालबच्चाको विशेष ख्याल गर्न, सकभर कम गाडी चलाउन अनुरोध गरिएको छ।
केहीदिन अघि नेपालको पश्चिमी भू-भाग हुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले सोमबार बिहान यसपालिको पहिलो हिउँदे वर्षा त भयो तर त्यसले आकाश खुलाउन सकेन। मंगलबार पनि बिहानैदेखि घाम देखिएको छैन। हुस्सु लागेजस्तो काठमाडौं धुम्म भएको छ। भिजिबिलिटी घटेको छ।
दुई दिनसम्म घाम नलागे पनि काठमाडौं न्यूनतम तापक्रम भने घटेको छैन। बरू पहिलाभन्दा बढेको छ। पुस १६ गते काठमाडौंको न्यूनतम तापक्रम ०.८ डिग्री मापन भएको थियो भने आज ९ डिग्री सेल्सियस छ। तापक्रम बढेसँगै काठमाडौंको वायुको प्रदूषण पनि ह्वात्तै बढेको छ। सोमबार त काठमाडौंको वायु प्रदूषणले खतराको तह नै पार गर्यो। वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई)मा मापन गरिन्छ। एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ।
एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि जानु चाहिँ घातक हो। स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार सोमबार साँझ काठमाडौंको एयर क्वालिटी इन्डेक्स ४८७ थियो।
खासै उद्योगधन्दा नभएको काठमाडौंमा यति ठूलो प्रदूषण कसरी भयो त ? उपत्यकाको भू-बनावटले यस्तो भएको जानकार हरू बताउँछन्। पश्चिमी वायु आएपछि इन्भर्सन लेयर बनेर यस्तो भएको हो । इन्भर्सन लेयर भनेको जमिनको सतहभन्दा माथिको वायुमण्डल तातो भएर तलको हावा माथि जान नपाएका कारण वायुप्रदुसण बढेकाे हाे । यसपालि आएको पश्चिमी वायुको प्रणालीमा धेरै पानीको मात्रा थिएन। त्यही भएर बादल लागे पनि काठमाडौं र पूर्वी क्षेत्रमा ठूलो वर्षा हुन सकेन।
जमिन छिटो सेलाउँछ र छिटो तात्छ, तर चिसो भएको वायुमण्डलको तापक्रम तात्न समय लाग्छ राति चिसो भएको जमिनको सतह बिहान भएपछि तात्दै गयो तर माथिको हावा त्यसरी नतातेकाले काठमाडौंको हावा बाहिर जान पाएन। उपत्यका कचाैरा आकारजस्तो उपत्यका भएकाले पनि काठमाडौंमा यस्तो बेला हावा बाहिर जान नसकेकाे विज्ञहरूले बनाइरहेका छन् ।
वायुमण्डलको माथिल्लो तहको हावाले काठमाडौंको सतहको हावालाई लैजान सक्दैन। त्यसैले पनि यो यहीँ घुमिरहन्छ जसका कारण उपत्यकामा एक्कसी प्रदुशण बढेकाे हाे । काठमाडौंको हावामा गाडी मोटर, इँटाभट्टाको धुँवा र धुलो मिसिएकाले प्रदूषण ह्वात्तै बढेको यो हट्न कि घाम लाग्नुपर्छ, हावाहुरी चल्यो वा अलि ठूलो पानी पर्यो भने पनि आफैं हटेर जान्छ ।
नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । ८७९८ पीसीआर...
नयाँ विकल्प, काठमाडाैं- बर्दिया कार्यसमितिका ४४ जनाले राजीनामा दिएका छन्। बर्दिया क्षेत्र नम्बर १ का पार्टी क्षेत्रीय सभापति मुक्तिनाथ यादवले...
नयाँ विकल्प, काठमाडाैं- एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय स्थायी समिति गठन गरेका छन् । पार्टी विवाद समाधानकालागि शिर्ष नेताहरूसंग...