June 21, 2021, Monday
सत्तारुढ नेकपा भित्रको बिबाद

नेकपा प्रदेश नं. २ संसदीय दलको नेतामा मण्डललाई हटाएर महतो ल्याइयो

प्रदेश २ नेकपा संसदीय दलकाे नेताबाट हटाइएका प्रदेश सभा सदस्य सत्य नारायण मणडल


नयाँ विकल्प

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी भित्रको बिबाद र किचलो प्रदेशहरुमा पनि देखिएको छ । नेकपा प्रदेश नं २ संसदीय दलका नेता सत्यनारायण मण्डलाई हटाएर उनको ठाउँमा सत्रुघ्न महतोलाई ल्याइएको छ ।

नेकपाको प्रचण्ड–माधव समूहले ओली निकटका प्रदेश २ का संसदीय दलको नेता मण्डललाई हटाएर महतोलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

प्रदेश २ मा नेकपाको ३२ जना प्रदेश सांसद छन् । जसमध्ये ओली निकटका नेता मण्डलविरुद्व १९ सांसदले हस्ताक्षर गरी अविश्वास प्रस्ताव दर्ता गरी मण्डललाई हटाएका हुन् । अब ओली पक्ष प्रदेश २ मा अल्पमतमा परेको छ ।

प्रदेश २ को प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत पनि महतोले पाउने भएका छन् । सत्तारुढ नेकपाको संसदीय विभाजन भएमा नेपाली कांग्रेस र प्रचण्ड माधव समूहको नेकपाको १९–१९ सदस्य हुने देखिएको छ ।

यस्तो भएमा प्रदेश २ मा कुन दल प्रमुख प्रतिपक्षी हुने भन्ने अन्योल देखिन्छ । प्रदेश २ मा एक सय १० प्रदेश सदस्य छन् ।

सम्बन्धित समाचार

१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
  • २०७७ पुष २१, १७: २५: ४९

नयाँ विकल्प, काठमाडाैं-गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजीको) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको...

ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
  • २०७७ पुष २१, १७: २५: ४९

नयाँ बिकल्प, काठमाडौंः पार्टीको ह्वीप उलंघन गरेको भन्दै कारबाहीमा परेका जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशसभाका चार सांसदको मुद्दा अब...

के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
  • २०७७ पुष २१, १७: २५: ४९

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवशेन आगामी भदौ १६ देखि १९...

भर्खरै

TOP