March 8, 2021, Monday

दिवंगत मुखर्जीको दाबीः भारतमा नेपाललाई गाभ्ने त्रिभुवनको प्रस्ताव नेहरुले मानेनन


एजेन्सी,

नयाँ दिल्ली – भारतीय पूर्वराष्ट्रपति तथा भारतीय कांग्रेस आईका नेता स्वर्गीय प्रणव मुखर्जीको पुस्तक द प्रेसिडेन्सियल इयर्स २०१२–२०१७ मा नेपाल र भारतबीचको सम्वन्ध बारे निकै बिबादस्पद दाबी सार्वजनिक गरिएको छ ।

स्वर्गीय मुखर्जीले आफू पाँच वर्ष भारतको राष्ट्रपतिमा बसेको कार्यकाललाई समेत समेटेर लेखेको सो पुस्तक उनको निधनपछि मंगलबार सार्वजनिक गरिएको छ ।

सो पुस्तकमा नेपाललाई भारतमा गाभ्न राजा त्रिभुवनले गरेको आग्रहलाई तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले अस्वीकार गरेको दावी गरिएको छ ।

तत्कालिन राजा त्रिभुवनको उक्त प्रस्तावलाई अश्वीकार गर्दै नेहरुले नेपाल स्वतन्त्र राष्ट्र रहेको र सधैँ स्वतन्त्र नै रहने बताएका थिए भनेर भारतीय अखबार दैनिक भाष्करले जनाएको छ ।

प्रणवको पुस्तकको केही अंश उधृत गर्दै दैनिक भाष्करले ‘यदी नेहरूको ठाउँमा इन्दिरा गान्धी भएको भए उनले सिक्किममा गरे झैँ यो अवसरको फाइदा उठाउन सक्थिन् ।’

भारतको १३ औँ राष्ट्रपतिको रुपमा मुखर्जीले सन् २०१२ देखि २०१७ सम्म सत्ता सम्हालेका थिए । भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता समेत रहेका मुखर्जी भारतीय सरकारका पूर्वअर्थमन्त्री समेत थिए ।

सम्बन्धित समाचार

आयोगको निर्णय नआउँदै ओली पक्षबाट ‘सन्ध्याको पार्टी कब्जामा’
आयोगको निर्णय नआउँदै ओली पक्षबाट ‘सन्ध्याको पार्टी कब्जामा’
  • २०७७ पुष २२, १३: ३२: ५८

नयाँ बिकल्प,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सत्तारुढ नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) ओली समूहले सन्ध्या तिवारी अध्यक्ष रहेको...

भारतको सहयोगमा चन्द्रागिरीस्थित विष्णुदेवी माविको पुनर्निर्माण शुुरु
भारतको सहयोगमा चन्द्रागिरीस्थित विष्णुदेवी माविको पुनर्निर्माण शुुरु
  • २०७७ पुष २२, १३: ३२: ५८

नयाँ बिकल्प, काठमाडौं – चन्द्रागिरी नगरपालिकास्थित विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माण हुने भएको छ । भारत सरकारको ६करोड ४९ लाख रुपैयाँ...

‘सेना र प्रहरीका श्रीमतीको नाममा खोलिएका संस्था दासीहरुको जस्तै’
‘सेना र प्रहरीका श्रीमतीको नाममा खोलिएका संस्था दासीहरुको जस्तै’
  • २०७७ पुष २२, १३: ३२: ५८

नयाँ बिकल्प, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी सदस्य पम्फा भुसालले नेपाली सेना, सशस्त्र प्रहरी र...

भर्खरै

TOP