खाेटाङ-दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा जारी ‘नेर्पा भुलभुले प्रथम च्यालेन्ज फुटबल कप’को फाइनलमा भोजपुरको खावा र खोटाङको रतन्छा भिड्ने भएका छन् ।
पाँच दिनदेखि जारी अन्तरवडास्तरीय जिल्लाकै ठूलो पुरस्कार राशिको प्रतियोगिताअन्तर्गत आज हुने फाइनल खेलमा साकेला गाउँपालिका–२ रतन्छा र टेम्केमयुम गाउँपालिका–५ खावा भिड्ने भएका हुन् । नेर्पा स्पोर्टस क्लबको आयोजनामा नेर्पास्थित सन्सारीडाँडा खेल मैदानमा बिहीबार सञ्चालित खेलमा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाई ५–१ गोलअन्तरले पराजित गर्दै रतन्छा फाइनलमा पुगेको हो ।
यस्तै निर्धारित समयमा बराबरी २–२ गोलको स्कोर निस्केपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मालाई ट्राइब्रेकरमा हराउँदै खावाले फाइनलको पक्का गरेको हो । खावाले यसअघिको खेलमा पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीलाई ट्राइब्रेकरमै हराउँदै अघि बढेको थियो । खोटाङसहित विभिन्न छिमेकी जिल्लाका २३ वडा सहभागी सेभेन ए साइड प्रथम च्यालेन्ज कप फुटबल प्रतियोगितामा बाक्सिला र सोल्माले सेमी फाइनलिष्टमै चित्त बुझाउनुपरेको छ ।
प्रतियोगिताका प्रथम टोलीले नगद रु एक लाख एक हजार १११ र दोस्रो टोलीले रु ५५ हजार १११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिताका संयोजक वीरेन गुरुङले जनाउनुभयो । प्रतियोगिताको सेमीफाइनलिस्ट दुई टोलीले जनही रु २० हजार १११ नगद पुरस्कार प्राप्त गर्ने संयोजक गुरुङले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षकलाई जनही रु दुई हजार १०० का साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । हाइस्कोररलाई रु तीन हजार १०० तथा सर्वोत्कृष्ट खेलाडीलाई नगद रु चार हजार १०० का साथमा ट्रफी र प्रमाणपत्र प्रदान गर्ने आयोजक नेर्पा स्पोर्टस क्लबले जनाएको छ ।
प्रतियोगिताको फाइनल खेल आज दिउँसो २ बजेपछि हुने आयोजकले जनाएको छ । प्रतियोगिताको अन्तिम दिन विविध मनोरञ्जनात्मक कार्यक्रमसहित फाइनल खेल सञ्चालन गर्ने आयोजकको तयारी छ ।
नयाँ बिकल्प, काठमाडौं – लुम्बिनी प्रदेशको रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर वलीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको...
नयाँ विकल्प,काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको भन्दै शनिबार देशका ७ सय ५३ वटै...
सिबी अधिकारी, रासस पाेखरा-राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर...