नयाँ विकल्प
मनाङ-हिमालपारिको जिल्ला मनाङमा विकास निर्माणका काम ठप्प भएको छ । अत्यधिक चिसो बढेसँगै जिल्लामा भएका विकास निर्माणका काम रोकिएको हो । चिसो बढेसँगै खोलाहरु जमेका छन् भने माथिल्लो भेगमा सोमबारदेखि परेको हिमपातले जनजीवन कष्टकर भएको छ ।
केही दिन अगाडि खोला जमेर खानेपानीको अभाव झेल्दै आएका यहाँका मानिसलाई हिमपातले घरभित्रै थन्क्याएको छ । मानिस त जसोतसो घरभित्र रहे पनि पशुचौपाय हिमपातको शिकार भएका पशुपालक किसान चोल्पा गुरुङले बताए । उनका अनुसार माथिल्लो मनाङ खांसार मनाङगाउँलगायतका ठाउँमा निर्माण भइरहेका काम रोकिएका छन् । चिसोमा सिमेन्ट ‘सेट’ नहुने र चिसोले कामदारले काम गर्न नसक्ने हुँदा सडक, खानेपानी र सिँचाइका काममा अवरोध आएको हो ।
त्यस्तै बर्खामा बाढीपहिरो र हिउँदमा हिमपातका कारण विकास निर्माणले गति लिन नसकेको पूर्वाधार विकासका प्रमुख नवीनचन्द्र अधिकारीले बताए । अहिले पूर्वाधारअन्तर्गतका काम सञ्चालन हुनसकेको छैन । मुख्य त यहाँको भौगोलिक अवस्थामा भर पर्छ । प्राकृतिक प्रकोपका कारण पनि विकास निर्माणले गति लिन नसकेको उनले बताए ।
विगत पाँच वर्षदेखि अलपत्र रहेका मनाङका खोलामा पक्की मोटरपुल अझै सम्पन्न हुनसकेका छैनन् । हाल जिल्लामा रहेका प्रदेश र सङ्घ मातहतका विकास आयोजना पनि चिसोका कारण काम हुन नसकेको जिल्ला पूर्वाधार कार्यालय मनाङले जनाएको छ । पूर्वाधार कार्यालयका अनुसार हाल जिल्लामा सडक स्तरोन्नति, मोटरपुल निर्माण, जिल्ला कारागार, अस्पताल, सिटीहल निर्माणका काम भए पनि चिसोका कारण रोकिएको छ ।
नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनस्र्थापनापछि बन्ने नयाँ सरकारको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिबाद छिनोफानो...
नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...
काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...