बनेपा – बनेपा नगरपालिका वडा नं. १३ भैंसेपाटीमा रहेको गौरीशंकर ग्याँस उद्योगमा राखिएको एक ट्याङ्की लिकेज भएर विष्फोट हुँदा तीन कामदार घाईते भएका छन् ।
साविकको हिमाल ग्यासको नामबाट चिनिाएको सो उद्योगको ग्यास भण्डारण गर्ने ९ सय ८० केजीको ट्याङ्की लिकेज भएर विष्फोट भएको प्रहरीले जनाएको छ । विष्फोटबाट तीन जना घाईते भएका छन् ।
गम्भीर घाईते भएका बनेपा १३ का ५५ वर्षे लोकबहादुर खड्काको बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि बर्न अस्पताल कीर्तिपुर लगिएको छ ।
विष्फोटबाट बनेपा १३ भैंसेपाटीका ७० वर्षे साईला भुजेल र सोही ठाउँका ४२ वर्षे कुमार भुृजेल घाइृते भएका छन् । उनीहरुको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनस्र्थापनापछि बन्ने नयाँ सरकारको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिबाद छिनोफानो...
नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...
काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...