नयाँ विकल्प,
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई सीमामा बस्न चेतावनी दिएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले ‘प्रधानन्यायाधीशहरुले विचाराधीन मुद्धामा बोल्नु पर्ने र प्रधानमन्त्री÷राष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने । महाभ्रष्ट नेताले भ्रष्टाचारविरुद्ध ¥याली आव्हान गर्दा हजारौं सरिक हुने । अब अति भो !’ भनेर ट्विट गरेका थिए ।
मिश्रले ‘काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने’ भनाइ राखेका थिए । मिश्रको यस्तो ट्विटमा प्रतिक्रिया दिँदै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालले प्रतिक्रिया स्वरुप मिश्रलाई उत्तर दिदै भनेका छन् ‘सीमामा बस्नुस् रबीन्द्रजी !’
रिमालले मिश्रको ट्विट टिप्पणी गर्न पनि उपयुक्त नभएको लेखेका छन् । लेखेका छन् ‘ यति चाहि भनूँ –मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससँग समयले जवाफ माग्ने छ ।’
प्रधानमन्त्री केपी शर्मा ओली र उनका सचिवालयका जिम्मेवार पदाधिकारी र मन्त्रीहरुले विगत दुई सातादेखि सार्वजनिक मञ्ज र सामाजिक सञ्जालमा अभिव्यक्ति दिँदा टिप्पणी गर्न लायकको नभएको अभिव्यक्ति दिँदै अनेकौं उपमा र दृष्टान्त दिँदै चेतावनी दिने गरेका छन् ।
रविन्द्र मिश्र हालै एकीकृत भएको विवेकशील साझाका अध्यक्ष हुन् । सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा मिश्रका हजारौं फलोअर्स रहेका छन् ।
नयाँ बिकल्प,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सत्तारुढ नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) ओली समूहले सन्ध्या तिवारी अध्यक्ष रहेको...
नयाँ बिकल्प, काठमाडौं – चन्द्रागिरी नगरपालिकास्थित विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माण हुने भएको छ । भारत सरकारको ६करोड ४९ लाख रुपैयाँ...
नयाँ बिकल्प, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी सदस्य पम्फा भुसालले नेपाली सेना, सशस्त्र प्रहरी र...