May 6, 2021, Thursday

पुरानो बस्तीलाई पर्यटकीय क्षेत्र बनाउन अभियान

नयाँ विकल्प

काभ्रे- काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं २ पीपलचौरमा रहेको पुरानो बस्तीलाई नमूना एकीकृत बस्ती निर्माणका लागि स्थानीय बासिन्दा लागिपरेका छन् ।

नेवार समुदायको बसोबास रहेको सो बस्ती करीब चारसय वर्ष पुरानो भएको जानकारहरु बताउँछन् । विसं २०७२ को भूकम्पले त्यहाँका समुदायका घर धेरैजसो क्षति बनाएपछि पुरानै शैलीमा पुनःनिर्माण गर्नेक्रम जारी रहेको र बस्तीबीचमा रहेको भीमसेन मन्दिर पूर्णरुपमा क्षति पु¥याएपछि पुरातत्व विभागको सहयोगमा पुनःनिर्माणको काम अगाडि बढाइएको छ ।

स्थानीयवासी मोहनदास श्रेष्ठका अनुसार पलाञ्चोक र साँगा तथा काठमाडौँको साँखुबाट गएर पीपलचौरमा बसोबास गरेका नेवार समुदायका करीब ८० घरधुरी छन् । भूकम्पले क्षति पु¥याएपछि पुनःनिर्माणका क्रममा पुरानो शैलीलाई संरक्षण गर्ने गरी काम भइरहेको उनले बताए। त्यहाँ भीमसेनको रथ खटजात्रा र कृष्णाष्टमीमा कृष्ण खटजात्रा मनाउने गरिन्छ । समुद्री सतहबाट करीब एक हजार ३०० मिटर उचाइमा रहेको सो बस्ती नेपालको पूर्वी व्यापारिक नाकाका रुपमा समेत रहेको गाउँ हो ।

तीन ठाउँबाट आएर बसोबास गर्दै आएका नेवार समुदायका तीन छुट्टाछुट्टै गुठी रहेका र सोही गुठीद्वारा कृष्णाष्टमी जात्रा तथा भीमसेन जात्रा मनाइने गरेको उनले बताए । स्थानीयवासी युवक प्रकाश श्रेष्ठले नमूना एकीकृत बस्ती निर्माणको प्रक्रियासँगै बस्तीलाई सफा र स्वच्छ राख्ने काम सबैको हातेमालोमा भइरहेको जानकारी दिए । रोटरी सामुदायिक सङ्घ पीपलचौरका अध्यक्ष सविना श्रेष्ठले युवाको सक्रियतामा आफ्नो बस्तीलाई नमूना एकीकृत बस्तीका रुपमा विकास गर्ने प्रक्रिया भइरहेको बताए ।

रोटरी क्लब अफ धुलिखेलका पूर्वअध्यक्ष अशोक श्रेष्ठले बस्तीलाई नमूना बनाउने काममा रोटरी क्लब अफ धुलिखेलले आवश्यक सहयोग गरिरहेको जानकारी दिए । पीपलचौरका नेवार बस्ती शान्त, मनोरम र पुराना बस्ती भएका कारण यहाँका नेवार समुदायको पहिचान स्थापित एवं संरक्षणका लागि संस्थाले पहल गरिरहेको उनको भनाइ छ । सो ठाउँमा विसं १९७२ को अभिलेख तथा मन्दिरमा प्राचीनता झल्काउने स्मारक यथावत् रहेका कारण त्यहाँको बस्ती धेरै पुरानो भएको स्थानीय बासिन्दा बताउँछन् ।

बस्तीका बारेमा थप प्रचार गर्न र एकीकृत नमूना बस्ती बनाउनका लागि आवश्यक कृषि, हरियाली, सरसफाइ, होमस्टे, गोबरग्यास तथा खानेपानी, प्रचारप्रसारका साथै तालीमको व्यवस्थापनलगायत काममा रोटरीले सहयोग गरेको रोटरी क्लब अफ धुलिखेलका प्रशासन प्रमुख मनिष योगलले बताए ।

सो गाउँमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ(भवन)बाट प्राप्त आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय उपभोक्ता समितिको श्रमदान गरी रु एक करोड ६६ लाखमा सो बस्तीका बीचमा रहेको बाटामा ढुङ्गा छाप्ने कामसमेत सम्पन्न भई हस्तान्तरण गरिसकिएको छ ।

धुलिखेल नगरपालिका–११ डाँडागाउँको बिपी राजमार्गबाट बुच्चाकोट हुँदै सो बस्तीसम्म पुग्न मोटर बाटोको सुविधा भएका कारणले यातायातका साधन तथा पैदल हिँडेर सो ठाउँमा जान सकिने अवस्था रहेको स्थानीय बासिन्दा श्रेष्ठ बताउँछन् ।

सम्बन्धित समाचार

पछिल्लाे २४ घण्टामा ९ हजार ७० काेराेना संक्रमित थपिए ५४ जनाकाे मृत्यु
पछिल्लाे २४ घण्टामा ९ हजार ७० काेराेना संक्रमित थपिए ५४ जनाकाे मृत्यु
  • २०७७ पुष २६, १३: ४७: ०४

नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा गरिएकाे परिक्षणमा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...

गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने
गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने
  • २०७७ पुष २६, १३: ४७: ०४

नयाँ विकल्प, काठमाडाैं-गण्डकी प्रदेश सरकारविरुद्ध विपक्षी दलहरुले ल्याएको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने भएको छ। प्रदेश सभा संचालनका...

वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन
वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन
  • २०७७ पुष २६, १३: ४७: ०४

नयाँ विकल्प, काठमाडाैं-गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ। काठमाडौंको सुन्धारास्थित न्युरो अस्पतालमा उपचारको क्रमा बिहीबार दिउँसो उनको निधन...

भर्खरै

TOP