चितवन-भरतपुर महानगरपालिका–१ रामनगरका स्थानीयवासीले आकर्षक पुष्पबाटिका बनाएका छन् ।
फोहर फाल्न प्रयोग गरिएको ठाउँलाई सफाइ गरेर रामनगरवासीले पुष्पबाटिका बनाएका हुन् । स्थानीयवासीकै श्रमदान र लगानीमा पुष्पबाटिका निर्माण गरिएको हो । बाटिकाका प्रमुख संरक्षक एवं रामनगर बजार व्यवस्थापन समितिका अध्यक्ष तारानाथ कुँवरले लकडाउन र निषेधाज्ञाको फुर्सदको समयमा स्थानीयले विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा बाटिका निर्माण गरेको बताए ।
नारायणगढ–मुग्लिन सडकखण्डसँगै जोडिएको पुष्पबाटिका सडकबाटै देख्न सकिन्छ । स्थानीय होटलसहित अन्य घरपरिवारले फोहर फाल्ने गरेको उक्त स्थानलाई सफा गरेर पुष्पबाटिका बनाइएको कुँवरले बताए । त्यहाँ विगत ३० वर्षदेखि फोहर फालिँदै आएको थियो । झाडीले घेरिएको उक्त स्थान कुरुप देखिन्थ्यो ।
सतनचुली सामुदायिक वनको संरक्षित वन र भरतपुर महानगरको जग्गामा उक्त बाटिका निर्माण गरिएको हो । कूल दुई बिघा १० कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको बाटिकामा १० कठ्ठा जग्गा भरतपुर महानगरको छ । महानगरको जग्गामा कङ्क्रिटबाट भौतिक निर्माण गरिएको छ भने वनको जग्गामा फूल रोपिएको छ । बाटिकामा मौषमी फूल लगाइएका छन् । पाम, हेज, बगलबेल्डिम, पाइनलगायतका फूलका बिरुवा रोपिएका छन् । बाटिकामा चाइनिज दुबो रोपिएको छ ।
दुबो फैलिएसँगै र फूल फूल्न थालेपछि बाटिका आकर्षक देखिने उहाँले जानकानरी दिनुभयो । यस्तै बाटिकामा बौद्ध मन्दिर, पानीको फोहोरा फाल्ने पोखरी, मितेरी पुल, बालबालिका खेल्ने पिङलगायत भौतिक संरचना निर्माण गरिएका छन् ।
आगामी दिनमा अपाङ्गमैत्री शौचालय, स्तनपान कक्ष, योगा गर्ने ठाउँ, जिम हललगायत संरचना निर्माण गरिने योजना रहेको बाटिका निर्माण समितिका अध्यक्ष डिलकुमारी लामिछानेले जानकारी दिए । गत असार २३ गतेबाट निर्माण शुरु गरिएको बाटिका सर्वसाधारणका लागि माघ १ गते सञ्चालनमा ल्याइने जनाइएको छ । बाटिका निर्माणमा हालसम्म रु १६ लाख ५० हजार खर्च भएको निर्माण समितिका कोषाध्यक्ष दुर्गा पन्तले जानकारी दिए । –––
नयाँ बिकल्प, काठमाडौं – लुम्बिनी प्रदेशको रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर वलीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको...
नयाँ विकल्प,काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको भन्दै शनिबार देशका ७ सय ५३ वटै...
सिबी अधिकारी, रासस पाेखरा-राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर...