नयाँ बिकल्प,
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनौपचारिक रुपमा टुक्रिएपछि एउटा समूहको नेतृत्व गर्दै आएका प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले केन्द्रीय कमिटी संख्या एक हजार पाँच सय एक पुर्याएका छन् ।
मातहतको कमिटीलाई पठाइएको अन्तरपार्टी निर्देशिकामार्फत केन्द्रीय कमिटी सदस्य संख्या १ हजार ५ सय १ पुगेको जानकारी दिइएको छ । निर्देशीकामा ‘केन्द्रीय कमिटीको तेस्रो बैठकले दुई पटक नेकपाको अन्तरिम विधान २०७५ दोस्रो र तेस्रो संशोधन गरेको छ ।
यी संशोधनसँगै अब पार्टी केन्द्रीय कमिटीको सदस्य संख्या १ हजा ५ सय १ सदस्यीय भएको छ’ भनिएको छ । पुस ९ मा सम्पन्न नेकपा ओली समूहको केन्द्रीय कमिटी बैठकले नै विधानमा दोस्रो पटक संशोधन गरी केन्द्रीय कमिटी संख्या बढाएको थियो ।
यसअघि पुस ६ मा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी संख्या १ हजार १ सय ९९ पुर्याएका थिए । थप गरिएका ४ सय जना केन्द्रीय सदस्य को को हुन भनेर सार्वजनिक गरिएको छैन ।
बालुवाटार स्रोतका अनुसार नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहमा रहेका असन्तुष्टलाई पद दिनका लागि तीन सय सिट खाली राखिएको छ । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण हुँदा एकीकृत पार्टी नेकपाको केन्द्रीय कमिटी ४ सय ४१ हो । त्यसमा पछि ४ जना सदस्य थपिएको थियो ।
ओलीले पुस ५ गते बालुवाटारमा आफू निकटका करिव एक सय १३ जना केन्द्रीय सदस्यहरुको भेला बोलाई थप ५५६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरे । उनले एक हजार एक सय ९९ जना केन्द्रीय कमिटी सदस्य हुने भने पनि वाँकी केन्द्रीय सदस्यको मनोनीत गरिसकेका छैनन् ।
नेकपाका केन्द्रीय कमिटि सदस्य युवराज खतिवडासहित पाँच जना सदस्य राजदूत नियुक्त र अन्य संवैधानिक पदमा नियुक्त भइसकेका छन भने पाँच जनाको निधन भइसकेको छ । त्यसैले बैधानिक रुपमा नेकपामा हाल ४ सय ३७८ सदस्य मात्र छन् ।
नेकपाको मूल धार ओली समूह हो वा प्रचण्ड –नेपाल समूह हो भन्ने विषयमा निर्वाचन आयोगले बिबाद निरुपण गरिनसकी अहिले कुनै एकलाई मान्यता दिने अवस्था छैन ।
नयाँ बिकल्प,काठमाडौं – सर्वोच्च अदालतको गत फागुन ११ गतेको आदेशपछि पुनस्र्थापित भएको प्रतिनिधिसभाको पहिलो बैठक सत्तारुढ दलका सांसदको बिहस्कार र...
नयाँ विकल्प काठमाडाैं- सर्वाेच्च अदालतले ऋषि कट्टेल अध्यक्ष रहेका नेकपा आधिकारिक रहेकाे ठहर गरेकाे छ । ऋषि कट्टेलले दायर गरेको...
नयाँ बिकल्प, काठमाडौं –२०५८ सालदेखि सञ्चालनमा आएको चन्द्रागिरी नगरपालिका वडा नं ३ थानकोटस्थित नेपाल आयल निगमको बागमती प्रादेशिक कार्यालयमा रिईन्जिनियरिङ्ग...