नयाँ बिकल्प,
बिराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र तीन राज्य मन्त्रीसहितका ८ सांसदलाई पदबाट निलम्बन गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको संसदीय दलको बैठकले मुख्यमन्त्री शेरधन राईसहितका आठजनालाई सांसद पदबाट निलम्बन गरेको हो ।
सो समूहले राईसहितलाई सांसद पदबाट निलम्वन गरेको निर्णय गरेको पत्र प्रदेशसभामा मंगलबार दर्ता गरेको छ ।
प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीका अनुसार उक्त पत्रमा मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, भूमि कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर र भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङलाई निलम्वन गरिएको छ ।
त्यस्तै, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, न्याय प्रशासन तथा विधायन समिति सभापति इन्द्रमणि पराजुली, प्रदेश सांसद अम्बिका थापा र विमल कार्कीलाई सांसद पदबाट तीन महिनाका लागि निलम्बन गरिएको जनाइएको छ ।
मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सो प्रस्तावमा हस्ताक्षर गर्ने ३७ सांसदलाई प्रमुख सचेतकले स्पष्टिकरण मागेका थिए । त्यसपछि अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने र चित्तबुझ्दो जवाफ नफर्काउने प्रचण्ड–नेपाल समूहका १६ जना सांसदलाई मुख्यमन्त्री राईले निलम्बनको घोषणा गरेका थिए ।
सो व्यहोराको पत्र पनि संसद सचिवालयमा दर्ता छ । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्तापछि दुई समूहबीच कारबाहीको दोहोरी चलेको हो । यसअघि संसदीय दलको नेताबाट पनि मुख्यमन्त्री राईलाई हटाइएको थियो । त्यसपछि आचार्यलाई सो समुहले दलको नेता चयन गरेको हो ।
यता ओली समूहले भने मुख्यमन्त्री राईलाई नै पार्टीको विधान अनुसार संसदीय दलको नेता रहने र उनले गरेका निर्णय नै आधिकारिक हुने बताउँदै आएको छ । सो समूहको संसदीय दलले मुख्यमन्त्री शेरधन राईलाई सम्बोधन गर्दै पठाएको पत्रमा पुस २६ गतेबाट निलम्बन लागू भएको उल्लेख गरेको छ ।
उक्त निलम्बन पत्रमा संसदीय दलको कुनै पनि बैठकमा सहभागी नभएको, पार्टी हित विपरीत काम गरेको अभियोग लगाइएको छ । प्रचण्ड–नेपाल समुहले २५ गते शनिबार निलम्बन गरिएको पत्र सबैलाई पठाएको जनाएको छ ।
प्रचण्ड–नेपाल समुहले निलम्बन गरेका सबै सांसदसहित मुख्यमन्त्री शेरधन राई ओली समूहका हुन् । निलम्बन गरेको जानकारी पत्रमा उक्त समुहले तोकेका संसदीय दलका नेता भीम आचार्यले हस्ताक्षर गरेका छन् ।
नयाँ बिकल्प, काठमाडौं – लुम्बिनी प्रदेशको रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर वलीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको...
नयाँ विकल्प,काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको भन्दै शनिबार देशका ७ सय ५३ वटै...
सिबी अधिकारी, रासस पाेखरा-राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर...