January 16, 2021, Saturday

६ सयले बढ्यो पहेंलो धातुको मूल्य

नयाँ विकल्प

काठमाडाैं- लगातार ओरालो लागेको सुनको मूल्यमा आज भने सामान्य वृद्धि भएको छ । प्रतितोला ९२ हजार २ सयमा सोमबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ६सयले वृद्धि भई ९२ हजार ८ सयमा पुगेको छ ।

यस्तै तेजाबी सुन प्रतितोला रु ९२ हजार ३ सयमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तोलामा ९१ हजार ७ सयमा तेजाबी सुन सोमबार कारोवार भएको थियो । यस्तै चाँदीमा आज तोलामा २० ले वृद्धि भएको छ । एक हजार २३० मा सोमबार कारोवार भएको चाँदी आज रु एक हजार २५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सम्बन्धित समाचार

रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख वलीसहित ५ जना जुवा खालबाट पक्राउ
रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख वलीसहित ५ जना जुवा खालबाट पक्राउ
  • २०७७ पुष २८, १३: १६: ३९

नयाँ बिकल्प, काठमाडौं – लुम्बिनी प्रदेशको रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर वलीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको...

शनिबार ७५३ स्थानीय तहमा हुने विरोध प्रदर्शनमा सहभागी हुन कांग्रेसको अपिल
शनिबार ७५३ स्थानीय तहमा हुने विरोध प्रदर्शनमा सहभागी हुन कांग्रेसको अपिल
  • २०७७ पुष २८, १३: १६: ३९

नयाँ विकल्प,काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको भन्दै शनिबार देशका ७ सय ५३ वटै...

तङ्ग्रिदै छ पोखराको पर्यटन ब्यावसाय
तङ्ग्रिदै छ पोखराको पर्यटन ब्यावसाय
  • २०७७ पुष २८, १३: १६: ३९

सिबी अधिकारी, रासस पाेखरा-राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर...

भर्खरै

TOP