April 23, 2021, Friday

झापाकाे बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागी, एकको मृत्यु

नयाँ विकल्प

झापा- ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागीमा जलेर एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति अचानक आगलागीमा परेर मृत्यु हुनेमा शिविरको सेक्टर नं डि ४, छाप्रा नं ३२५ बस्ने ६० वर्षीय देशमान राई रहेका छन् । मृतक पक्षघातका बिरामी हुनुहुन्थ्यो । बाँसको टाटीले बारेको टिनको छाना भएको एकतले छाप्रामा बस्दै आएका उनको घटनास्थल मै जलेर मृत्यु भएको प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।

उक्त आगलागीबाट छाप्रा नष्ट हुँदा छाप्राभित्र रहेको सुन एक तोला, चाँदी १० तोला, नगद रु तीन लाखसहित खाद्यान्न तथा लत्ताकपडा पूर्णरुपमा जली नष्ट हुँदा करिब रु आठ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

पछिल्लाे २४ घण्टामा थपिए २५ सय ५९ कोरोना संक्रमित, ५ को मृत्‍यु
पछिल्लाे २४ घण्टामा थपिए २५ सय ५९ कोरोना संक्रमित, ५ को मृत्‍यु
  • २०७७ पुष २८, १३: ५८: १४

नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । ८७९८ पीसीआर...

बर्दिया कांग्रेसका सभापतिसहित ४४ जनाले दिए राजीनामा
बर्दिया कांग्रेसका सभापतिसहित ४४ जनाले दिए राजीनामा
  • २०७७ पुष २८, १३: ५८: १४

नयाँ विकल्प, काठमाडाैं- बर्दिया कार्यसमितिका ४४ जनाले राजीनामा दिएका छन्। बर्दिया क्षेत्र नम्बर १ का पार्टी क्षेत्रीय सभापति मुक्तिनाथ यादवले...

एमाले अध्यक्ष ओलीले गठन गरे एकपक्षीय स्थायी समिति
एमाले अध्यक्ष ओलीले गठन गरे एकपक्षीय स्थायी समिति
  • २०७७ पुष २८, १३: ५८: १४

नयाँ विकल्प, काठमाडाैं- एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय स्थायी समिति गठन गरेका छन् । पार्टी विवाद समाधानकालागि शिर्ष नेताहरूसंग...

भर्खरै

TOP