January 16, 2021, Saturday

एनसेलको कर निर्धारण सम्वन्धी मुद्धा प्रधानन्यायाधीश राणाकै इजालाइसमा


नयाँ विकल्प,
काठमाडौं –शेयर स्वामित्व परिवर्तन गर्दा लाग्ने कर निर्धारण सम्वन्धी मुद्धा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नै इजलासमा सारेका छन् ।

मुलुककै धेरै कर तिर्ने संगठीत संस्थाको रुपमा रहेको अन्तराष्ट्रिय लगानी भएको एनसेलको शेयर स्वामित्व परिवर्तन सम्वन्धी मुद्धा सोमबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा परे पनि हेर्न नभ्याइएका कारण सुनुवाइ भएको थिएन । तर, मंगलबार प्रधानन्यायाधीश राणाले सो मुद्धा आफ्नै इजलासमा राखेका छन् ।

आफ्नो सेयर स्वामित्व परिवर्तनमा लाग्ने कर निर्धारणको जानकारी ठूला करदाता कार्यालयले गराएपछि एनसेलले दायर गरेको रिटमाथिको प्रारम्भिक सुनुवाइ प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाको इजलाशमा हुने भएको छ । प्रधानन्यायाधीश राणासहिको एजलासले नै यसअघि एनसेलको पुँजीगत लाभकरको विवाद टुंगो लगाएको थियो ।

त्यतिबेला राणाले एनसेलमाथि लगाइएको करिब १८ अर्ब रूपैयाँ जरिवाना मिनाह गरिदिने फैसला गरेका थिए । ठूला करदाता कार्यालयले आयकर ऐन २०५८ को दफा ५७ अनुसार हित निशर्गमा लाग्ने कर निर्धारणको जानकारी एनसेललाई गराएको थियो ।


आयकर ऐनको दफा १०१ बमोजिमको सूचना पाएपछि करदाताले कर कार्यालयलाई जवाफ दिनुपर्नेमा रिट लगेको हो । ठूला करदाता कार्यालयले पुस १४ गते एनसेलमाथि ६० अर्ब रूपैयाँ कर निर्धारण गर्न लागिएको जानकारी एसनेललाई दिएको थियो ।

एनसेलले कर कार्यालयलाई जवाफ दिनुको सट्टा सर्वाेच्च अदालतमा रिट दायर गरेको थियो । बुधबार बिहानसम्म सर्वाेच्चबाट कुनै आदेश जारी नभए एनसेलमाथि कर निर्धारणको पत्र ठूला करदाताले पठाउने भएको छ ।

सम्बन्धित समाचार

रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख वलीसहित ५ जना जुवा खालबाट पक्राउ
रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख वलीसहित ५ जना जुवा खालबाट पक्राउ
  • २०७७ पुष २८, १७: ०५: ४७

नयाँ बिकल्प, काठमाडौं – लुम्बिनी प्रदेशको रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर वलीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको...

शनिबार ७५३ स्थानीय तहमा हुने विरोध प्रदर्शनमा सहभागी हुन कांग्रेसको अपिल
शनिबार ७५३ स्थानीय तहमा हुने विरोध प्रदर्शनमा सहभागी हुन कांग्रेसको अपिल
  • २०७७ पुष २८, १७: ०५: ४७

नयाँ विकल्प,काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको भन्दै शनिबार देशका ७ सय ५३ वटै...

तङ्ग्रिदै छ पोखराको पर्यटन ब्यावसाय
तङ्ग्रिदै छ पोखराको पर्यटन ब्यावसाय
  • २०७७ पुष २८, १७: ०५: ४७

सिबी अधिकारी, रासस पाेखरा-राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर...

भर्खरै

TOP