काठमाडौ – कोरोना भाइरसको महामारी रोक्नका लागि मलेसिया सरकारले संकटकाल घोषणा गरेपछि त्यहाँको संसद पनि स्वतः निलम्वन भएको छ ।
मलेसियाका प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अल सुल्तान अब्दुल्लाहले संकटकाल घोषणा गरेका हुन् । संकटकाल कोरोना महामारीको जोखिमको अवस्था हेरेर १ अगस्टसम्म वा त्यसभन्दा अघिसम्म लागू हुन सक्छ ।
मलेसियामा संकटकाल घोषणाको अर्थ कानूनत संसद् स्वतः निलम्बन हुनेछ भने प्रधानमन्त्री यासिनले आफ्नै स्वेच्छाले सरकार सञ्चालन गर्न पाउने भएका छन् । सोमबारसम्म यासिनले संकटकाल घोषणाको कुनै संकेतसम्म पनि गरेका थिएनन्।
प्रधानमन्त्री यासिनको यस्तो कदमपछि राजनीतिक वृत्तमा यसले ठूलो झट्का दिएको छ । ‘यो कदमले जनताको व्यक्तिगत सुरक्षा र देशको चासोलाई पनि सम्बोधन गरेको छ । पछिल्लो कोभिड १९ तथ्याङ्कलाई समेत आधार मानेर यो निर्णय लिइएको हो’ राजदरबारद्धारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ ।
राजा र प्रधानमन्त्रीबीच सोमबार साँझ भेटघाट भएको थियो । यासिनले यसअघि गत अक्टुुबरमा संकटकाल लगाउन सिफारिस गरेपनि तत्कालीन समय राजाले यस कदमलाई अस्विकार गरिदिएका थिए ।
त्यतिबेला संसद्मा आफ्नो नेतृत्वमाथि आइलागेको चुनौतीबाट भाग्नका लागि यासिनले स्वास्थ संकटको दुुरुपयोग गर्न खोजेको आरोप विपक्षीहरुले लगाएका थिए ।
मलेसियामा पछिल्लोपटक १९६९ मा संकटकाल घोषणा भएको थियो, जतिबेला साम्प्रदायिक दंगाका क्रममा देशको राजधानी शहरमा सयौंको ज्यान गएको थियो। लुटपाट समेत बढेको थियो।
नयाँ बिकल्प, काठमाडौं – लुम्बिनी प्रदेशको रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर वलीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको...
नयाँ विकल्प,काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको भन्दै शनिबार देशका ७ सय ५३ वटै...
सिबी अधिकारी, रासस पाेखरा-राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर...