नयाँ विकल्प,
काठमाडौं । बिबादित नेपाल कम्युनिष्ट पार्टी ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा निर्वाचन आयोगको कानुन महाशाखा प्रमुख समेत रहेका सहसचिव लक्ष्मीप्रसाद गौतमको सरुवा गरिएको छ ।
उनी कानून तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख समेत हुन् । निजामति सेवा ऐन बमोजिम सामान्यता कार्यरत कर्मचारीको सरुवा दुई वर्ष नभई गर्न पाइँदैन ।
आयोगमा दश वर्षदेखि काम गरिरहेका कर्मचारीहरुको सरुवा नभइरहेका बेला १० महिनाअघि आयोगमा आएका गौतमलाई सरुवा गरिनु निर्वाचनमा प्रभाव पार्ने क्रियाकलाप भएको बताइन्छ ।
गौतमलाई नेपाल कानुन आयोगमा सरुवा गरिएको छ । उनको ठाउँमा गृह मन्त्रालयका कानुन सहसचिव पुष्कर सापकोटालाई लगिएको छ । गौतमले गत फागुनमा आयोगको कानून शाखामा जिम्मेवारी सम्हालेका थिए ।
सहसचिव गौतम नेतृत्वको टोलीले नेकपा विवादको मुद्दा हेरिरहेको थियो । निर्वाचन आयोग स्रोतका अनुसार पछिल्लो समय गौतमलाई बालुवाटार (ओली पक्ष)ले सूर्य चिन्ह र पार्टीको बैधानिकता दिलाउनका लागि निरन्तर दवाव दिएको थियो ।
तर गौतमले राजनीतिक दलसम्बन्धी ऐनका आधारमा मात्र काम गर्न सक्ने बताउँदै आएका थिए । चुनाव चिन्ह सूर्य र नेकपा आधिकारिक रुपमा आफैले पाउने भन्दै हिँडेका प्रधानमन्त्री ओलीले आफू अनुकूल निर्णय नआउने देखेपछि कानूनका सहसचिव गौतमलाई सरुवा गरेका हुन् ।
गृह मन्त्रालयका सापकोटा भने प्रधानमन्त्री ओलीका विश्वास पात्र मानिन्छन् ।
नयाँ बिकल्प, काठमाडौं – लुम्बिनी प्रदेशको रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर वलीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको...
नयाँ विकल्प,काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको भन्दै शनिबार देशका ७ सय ५३ वटै...
सिबी अधिकारी, रासस पाेखरा-राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर...