नयाँ विकल्प,
काठमाडौं – नेपाली काँग्रेसकी नेतृ तथा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले संसद पुनःस्थापना विना निर्वाचन गराउन खोजेमा मुलुकमा रक्तपात हुने बताएकी छिन् ।
राजधानीमा बुधबार आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेतृ कोइरालाले देशमा रक्तपात हुनबाट जोगाउन संसद पुनःस्थापनाको विकल्प नभएको बताएकी हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा संविधानको विपक्षमा उभिएर गम्भीर गल्ती गरिरहेको उनले आरोप लगाइन ।
असंवैधानिक तरिकाले संसद बिघटन गरिएको अवस्थामा देउवाले रक्तपात हुनसक्ने चुनावको कुरा गर्नुले आशंका उत्पन्न भएको भन्दै उनले देउवाको पछिल्लो गतिविधिका विषयलाई लिएर केन्द्रीय कमिटी बैठकमा कुरा उठ्ने बताइन् ।
उनले भनिन्,‘हिटलर पनि मीठो भाषण गर्थे, उनको भाषण सुनेर महिलाहरु रुन्थे तर उनले रक्तपात मच्चाए ।’
‘शेरबहादुरजी किन संविधानको पक्षमा हुनुहुन्न? ओलीको किन पछि लागिरहनुभएको छ? आश्चर्य लागेको छ,’ नेतृ सुजाताले भनिन्, ‘रक्तपात हुनसक्ने चुनावको कुरा गर्दै हुनुहुन्छ । तर, आफैले ल्याएको संविधान र संसदको विपक्षमा किन बोलिराख्नुभएको छ, त्यो गलत हो ।’
उनले ओलीको पक्षमा उभिएर मुलुकलाई रक्तपात र अस्थिरता ल्याउने कार्यमा नलाग्न आग्रह गरिन । संसद विना देश अगाडि बढ्न खोजे अर्को दुर्घटना हुने खतरा आउँने भन्दै कोइरालाले चुनावको विपक्षमा आफूहरु नभएको तर त्यसका लागि संविधानलाई ट्रयाकमा ल्याउन जरुरी रहेको बताइन् ।
३० वर्षदेखि देउवा बारम्बार प्रधानमन्त्री बन्दै आएको स्मरण गराउँदै उनले भनिन्,‘ ३० वर्षदेखि देउवाजी प्रधानमन्त्री बन्दै आउनुभएको छ । फेरि फेरि तपाईं नै प्रधानमन्त्री बन्नुहोस् तर संसद पुनःस्थापना गर्नुहोस् ।’
संसदको बिघटन राजनीतिक निर्णय भएकाले सडक आन्दोलनबाट भएपनि पुनःस्थापना गर्ने बताइन् । उनले काँग्रेस संसद पुनःस्थापनाको पक्षमा आन्दोलनमा गइसकेको भन्दै संसद पुनःस्थापना विना काँग्रेस चुनावमा नजाने स्पष्ट पारिन् ।
ओली सरकार कामचलाऊ भएकाले भारतसँग गम्भीर र संवेदनशील विषयमा कुनैपनि सम्झौता गर्न नसक्ने भन्दै उनले सीमाको विषयमा ओलीले भारतसँग कुरा गर्न नसक्ने दाबी गरिन् ।
उनले भनिन्,‘कामचलाऊ सरकारले सीमाका विषयमा वार्ता गर्न मिल्दैन ।
ओलीले एक्लैले भारतसँग वार्ता गरेको मान्य हुँदैन।’ सहमति, सहकार्य र एकतालाई लत्याएर ओली बढेको भन्दै उनले ओलीले संविधानलाई नै कुल्चेर देशलाई दुर्घटामा पु¥याएको आरोप लगाइन् ।
ओली रङ्ग बदलिरहने र विचार बदलिरहने प्रधानमन्त्री भएको टिप्पणी गर्दै विश्वास गर्न नसक्ने बताइन् । ओलीमा मीठो भाषण गर्ने र गलत काम गर्ने कार्यशैली भएको उनले बताइन् । उनले भनिन्,‘हिटलर पनि मीठो भाषण गर्थे, उनको भाषण सुनेर महिलाहरु रुन्थे तर उनले रक्तपात मच्चाए ।’
कम्युनिस्टहरुको झगडाले देश धरापमा परेको बताइन् । देशलाई संकटबाट जोगाउन ढिलो गर्न नहुने बताइन् । ओलीको क्रियाकलापविरुद्ध सबै राजनीतिक दल र शक्ति एक ठाउँमा उभिनुपर्नेमा उनको जोड थियो ।
नयाँ बिकल्प, काठमाडौं – लुम्बिनी प्रदेशको रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर वलीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको...
नयाँ विकल्प,काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको भन्दै शनिबार देशका ७ सय ५३ वटै...
सिबी अधिकारी, रासस पाेखरा-राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर...