May 11, 2021, Tuesday

राष्ट्रिय विकास परिषद बैठक बालुवाटारमा शुरु


नयाँ विकल्प,

काठमाडौं – प्रधानमन्त्री अध्यक्ष रहेको राष्ट्रिय विकास परिषदको ४८ औं बैठक शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ ।

विकास निर्माणमा भएका प्रगतिको समिक्षा, छलफल र जानकारी दिने उदेश्यले बैठक बोलाइने गरिन्छ । चालु आर्थिक वर्षको ६ महिना पूरा हुँदा लक्ष्य अुसार राजस्व नउठेको र अनुदान पनि प्राप्त नभएको अवस्थामा परिषद् बैठक बोलाइएको छ ।

सरकारले गरेको सम्पूर्ण आम्दानीभन्दा २३ अर्ब रुपैयाँ बढी खर्च हुँदा विकास खर्चको अवस्था निराशाजनक छ । स्रोतको अभावका कारण सरकारले कोरोना खोपको रकम जुटाउन दाता गुहार्नु पर्ने अवस्था सृजना भएको छ ।

चालु आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट ल्याएको सरकारले १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।

चालु आर्थिक वर्षको आधा अवधि सकिँदा समेत ३८ प्रतिशत मात्र राजस्व संकलन भएको छ । पुससम्म सरकारले ३ खर्ब ८८ अर्ब रुपैयाँ राजस्व उठाएको छ ।

हालसम्म ५ अर्ब रुपैयाँ अनुदान प्राप्त भएको छ यो आर्थिक वर्ष साढे ६० अर्ब रुपैयाँ अनुदानको लक्ष्य सरकारले राखेको छ । आधा वर्षमा अधिक चालु खर्च भइसक्दा समेत विकास खर्चको अवस्था भने निराशाजनक छ ।

चालु अर्थिक वर्षको ६ महिनामा वार्षिक लक्ष्यको १४ प्रतिशत मात्र विकास बजेट खर्च भएको छ । यो वर्ष ३ खर्ब ५२ अर्ब रुपैयाँ विकास बजेट खर्च गर्ने लक्ष्य राखिएकोमा ४९ अर्ब रुपैयाँ मात्र खर्च भएको हो ।

सरकरले बजेटमा परेका सबै विकास निर्माणका काम कात्तिक १५ भित्रै सुरु भइसक्ने गरी सुधारको व्यवस्था गरेको थियो । यसबाट विकास खर्चमा सुधार आउने सरकारको अपेक्षा थियो । तर त्यसका विपरित विकास खर्चको अवस्था विगतको भन्दा खस्किएको छ ।

कुल आम्दानीभन्दा खर्च अधिक भएपछि हिसाब मिलान गर्न सरकारले विभिन्न कोषमा मौज्दात रकम प्रयोग गरेर खर्च धानेको छ । खर्च बढ्दै गएको र राजस्व नउठेर लक्ष्य नै घटाउनुपर्ने अवस्था आएपछि सरकारले कोरोना खोपका लागि आवश्यक रकम जुटाउन सहयोगको अपेक्षा सार्वजनिक सूचनाबाट गरेको छ ।

सम्बन्धित समाचार

काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
  • २०७७ माघ २, १३: ०४: ४२

नयाँ विकल्प, काठमाडाैं -नेपालमा एकैदिन हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या पनि उच्च रहेको छ...

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे,  थप कडाइ गर्ने निर्णय
उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे, थप कडाइ गर्ने निर्णय
  • २०७७ माघ २, १३: ०४: ४२

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले...

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
  • २०७७ माघ २, १३: ०४: ४२

नयाँ विकल्प, बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७...

भर्खरै

TOP