May 11, 2021, Tuesday

कालीगण्डकी प्रसारण करिडोरको खुर्कोट–दाना खण्डको अन्तिम परीक्षण हुँदै

नयाँ विकल्प

कुस्मा- राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजनाअन्तर्गत २२० केभी क्षमताको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानासम्मको सबस्टेशनको निर्माण सम्पन्न भएको छ ।

सबस्टेशनअन्तर्गतको लाइन निर्माणको सबै काम सम्पन्न भएपछि परीक्षण गरी जोड्ने तयारी शुरु भएको हो । पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को दानासम्मको खण्डमा निर्माणको काम सकिएपछि अहिले पुनःपरीक्षणको काम थालिएको आयोजना प्रमुख चन्दनकुमार घोसले जानकारी दिए।

यसअघि दाना सबस्टेशन र खुर्कोट सबस्टेशनमा पहिलो चरणको परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि पुनः दोस्रो अर्थात् अन्तिम चरणको परीक्षण भइरहेको कालीगण्डकी प्रसारण करिडोर आयोजना प्रमुख घोसले बताए । अहिले पर्वतको तल्लो मोदी १३२ केभी प्रसारण लाइनमा प्राविधिक जाँचलगायतका काम भइरहेको आयोजनाका सहायक निर्देशक महादेव भट्टराईले जानकारी दिनुभयो । तल्लो मोदी आसपासका क्षेत्रको अनुगमन तथा बाटोमा पर्ने रुख काट्ने तथा अन्य काम पनि भइरहेको उनको भनाइ छ ।

दाना–खुर्कोट खण्डमा निर्माणका सबै कामलाई अन्तिम चरणमा पु¥याइएको आयोजनाका सहायक निर्देशक भट्टराईले बताए । उनका अनुसार खुर्कोटभन्दा अगाडि बुटवलसम्मको खण्डमा पनि आयोजना निर्माणका काम तीव्र गतिमा अगाडि बढिरहेको छ । दानादेखि खुर्कोटसम्म यसअघि नै प्रसारण लाइन निर्माणका लागि आवश्यक टावर निर्माण तथा तार तान्नेलगायत सबै काम सकिएको थियो ।

दाना र खुर्कोटमा दुई सबस्टेशन तथा त्यसबीचमा ११० टावर निर्माण गरी ३९ दशमलव छ किलोमिटर लामो तार टाँगिएको छ । एशियाली विकास बैंकको रु तीन अर्ब ऋण सहयोग तथा नेपाल सरकारको झण्डै रु ८० करोडको लागतमा खुर्कोट–दाना खण्डमा प्रसारण लाइनको काम गरिएको आयोजनाका सहायक निर्देशक भट्टराईको भनाइ छ । कालीगण्डकी प्रसारण करिडोर आयोजना निर्माणका लागि जेभी अफ टाटा प्रोजेक्ट एण्ड चिन्ट इलेक्ट्रिक कम्पनीले निर्माणको जिम्मा पाएको हो ।

आर्थिक वर्ष २०७१÷७२ मा निर्माण सम्झौता भई आव २०७५÷७६ मा निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता भए पनि आयोजना सम्पन्न गर्न ढिलाइ भएको थियो । निर्माणका क्रममा विभिन्न ठाउँमा बाढीपहिरो, टावर ठड्याउने तथा तार तान्ने ठाउँमा स्थानीयको अवरोध, मुआब्जा वितरणमा समस्या र पछिल्लो समय विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसले गएको चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीले तोकिएको समयमै आयोजना सम्पन्न हुन ढिलाइ भएको हो ।

अब छिटै आयोजनामार्फत बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान गरिने तयारी शुरु भएको छ । अहिले विभिन्न जलविद्युत् आयोजनाको विद्युत् गृहबाट उत्पादित विद्युत्लाई दाना सबस्टेशनमा पठाएर जडान गर्ने कामलाई अगाडि बढाइएको छ । सो लाइनमा साविक धौलागिरिका सबै जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् जडान गरिने भएको छ ।

सम्बन्धित समाचार

काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
  • २०७७ माघ २, १४: ३३: २६

नयाँ विकल्प, काठमाडाैं -नेपालमा एकैदिन हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या पनि उच्च रहेको छ...

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे,  थप कडाइ गर्ने निर्णय
उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे, थप कडाइ गर्ने निर्णय
  • २०७७ माघ २, १४: ३३: २६

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले...

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
  • २०७७ माघ २, १४: ३३: २६

नयाँ विकल्प, बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७...

भर्खरै

TOP