February 26, 2021, Friday

रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख वलीसहित ५ जना जुवा खालबाट पक्राउ


नयाँ बिकल्प,

काठमाडौं – लुम्बिनी प्रदेशको रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर वलीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।

रुकुम पश्चिम मुसीकोट नगरपालिका –१, पातुखोलास्थित एक स्थानीयको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले शुक्रबार दिउँसो तीन बजे तासको तीन गड्डी र पैशासहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला समन्वय प्रमुख ओलीसहित रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका ५ का २९ वर्षे सुभाष घर्ती मगर, सोही गाउँपालिका वडा नम्बर १० का ६४ वर्षे जितेन्द्र बुढामगर, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका ७, का ४२ वर्षे लिलबहादुर पुन र मुसीकोट नगरपालिका १, का ३७ वर्षे कमल गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २५ हजार तीन सय रुपैयाँ र तीन गड्डी ताससमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शर्माले जनाए । समन्वय समिति प्रमुख वली तत्कालिन नेकपा माअाेवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार

नेकपा बिबाद छिनोफानो नभएसम्म प्रचण्ड –माधव वा ओली कसैलाई पनि कांग्रेसले समर्थन नगर्ने
नेकपा बिबाद छिनोफानो नभएसम्म प्रचण्ड –माधव वा ओली कसैलाई पनि कांग्रेसले समर्थन नगर्ने
  • २०७७ माघ २, १७: ०२: २४

नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनस्र्थापनापछि बन्ने नयाँ सरकारको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिबाद छिनोफानो...

प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?
प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?
  • २०७७ माघ २, १७: ०२: २४

नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...

युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
  • २०७७ माघ २, १७: ०२: २४

काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...

भर्खरै

TOP