भरतपुर-पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम राजमार्गको टाँडीचोकमा आकाशे पुल निर्माण गरेका हुन् ।
पुलको उद्घाटन गर्दै नगरप्रमुख नारायण वनले नागरिक सुरक्षाप्रति संवेदनशील हुँदै पुल निर्माण गरिएको बताए । उनले भने , “वृद्धवृद्धाले सडक पार गर्न सकिएन भन्ने गुनासो छ, त्यसैलाई ध्यानमा राखेर पुल निर्माण ग¥र्यौं ।” नगरको सौराहाचोक र बकुलहर चोकमा पनि आकाशे पुल निर्माण गरिने उनले जानकारी दिए ।
वनका अनुसार राजमार्गमा तीव्र गतिमा हिँड्ने सवारी साधन र मालवाहक सवारीलाई असर नपर्ने गरी अग्लो पुल निर्माण गरिएको छ । यसले सडक दुर्घटनामा कमी ल्याउने उहाँले बताउनुभयो । कार्यक्रममा नगरप्रमुख वन, उपप्रमुख विमला दवाडी, नेकपा नगर अध्यक्ष कुलप्रसाद लामिछाने, नेपाली कांग्रेस नगर सभापति रुपनराज घिमिरे, वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कँुवर र उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठलगायतले बोलेका थिए।
नगरपालिकाका इञ्जिनीयर पङ्कज गिरीका अनुसार ४२.३ मिटर लम्बाई, ५.३ मिटर उचाई, तीन मिटर चौडाइको फलामे संरचनाबाट पुल निर्माण गरिएको हो । भूइँमा आरसिसी गरिएको छ भने माथिको भाग फलामको प्रयोग गरिएको छ । उनका अनुसार रु दुई करोड ३९ लाख ९२ हजार २७० को लागतमा पुल निर्माण गरिएको हो ।
पुल निर्माणका लागि प्रदेश सरकारले रु एक करोड सहयोग गरेको छ । विसं २०७६ फागुन २ गते असार मसान्तसम्ममा काम सम्पन्न गर्ने गरी ठेक्का लगाइएको भए पनि कोभिडका कारण पुस मसान्तसम्मका लागि समय थप गरिएको थियो ।
नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनस्र्थापनापछि बन्ने नयाँ सरकारको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिबाद छिनोफानो...
नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...
काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...