February 27, 2021, Saturday

निर्वाचनको विषयमा छलफल गर्न आयोगले बोलायो सर्वदलिय बैठक


नयाँ विकल्प,

काठमाडौं – निर्वाचन आयोगले आगामी २०७८ साल बैशाख १७ र २७ गते प्रतिनिधि सभाको लागि सरकारले घोषणा गरेको निर्वाचनका विषयमा छलफल गर्न सर्वदलिय बैठक बोलाएको छ ।

आयोगले आज बोलाएको सर्बदलिय बैठकमा प्रतिनिधिसभा र प्रदेशसभामा सहभागी रहेका सबै दललाई बोलाइएको छ । आयोगको केन्द्रीय कार्यालय बहादुर भवन कान्तिपथमा राजनीतिक दलका नेता र प्रतिनिधिहरु सहभागी भएका छन् ।

आइतबार बिहान ११ बजे बोलाइएको बैठकमा विभिन्न राजनीतिक दलका नेताहरु सहभागी हुँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर निवार्चनको मिति तोकेका थिए । उनले आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेका हुन् ।

नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले भने मध्यावधि निर्वाचनको बिरोध गर्दै चुनावी गतिविधि रोक्न अघिल्लो साता निर्वाचन आयोगलाई आग्रह गरेका् थियो । सो समूहले प्रतिनिधिसभा विघटन सम्वन्धी विषय सर्वोच्च अदालतमा बिचाराधिन रहेको भन्दै आयोगको गतिविधि स्थगित गर्न आग्रह गरेको थियो ।

सम्बन्धित समाचार

संसद् बैठक अबदेखि नियमित चल्छः सभामुख सापकोटा
संसद् बैठक अबदेखि नियमित चल्छः सभामुख सापकोटा
  • २०७७ माघ ४, १२: २४: २८

नयाँ विकल्पकाठमाडाैं- सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । शनिवार चितवन पुगेका सभामुख...

राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ आवस्यक  : नेता सिंह
राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ आवस्यक : नेता सिंह
  • २०७७ माघ ४, १२: २४: २८

नयाँ विकल्पकाठमाडाैं-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ...

पार्टीको ह्विप नमान्नेलाई कारबाही : प्रमुख सचेतक भट्टराई
पार्टीको ह्विप नमान्नेलाई कारबाही : प्रमुख सचेतक भट्टराई
  • २०७७ माघ ४, १२: २४: २८

नयाँ विकल्पकाठमाडाैं- नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) का प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सय भन्दा बढी...

भर्खरै

TOP