June 20, 2021, Sunday

सेयर बजार उच्च विन्दुमा, काराेबार रकम बढ्याे


नयाँ विकल्प

काठमाडौं : सेयर बजारले लगातार माथिल्ला रेखाहरु कोरिरहेको छ । यसैक्रममा आइतबार सेयर बजार सूचक २३ सय विन्दु माथि उब्लिएको छ । यो पनि अल टाइम हाइ विन्दु हो । माघ लागेसँगै बैंक तथा वित्तीय संस्थाको आधार दर थप सस्तो भएको छ । आधार दर सस्तो हुनु भनेको ब्याजदर थप घट्नु हो ।

ब्याजदर थप घट्दा सेयर बजार अझै वृद्धि हुने स्पष्ट संकेत देखिएको विश्लेषकहरुको भनाई छ । सेयर बजार बढ्दै जाँदा आम लगानीकर्ताको निकै उच्च मनोबल देखिएको छ । हाम्रो बजार जहिले पनि चक्रीय प्रणालीमा हिँड्ने गरेको छ । यसबीचमा नेप्सेले ४ वर्ष लामो वियरिस यात्रा पार गरेर विगत दुई वर्षयता विस्तारको क्रममा रहेको छ । अहिले बजारको बुलिस प्रवृत्ति जारी छ । बजार बुलिस क्रममा रहँदा लगातार भाउहरु वृद्धि भइरहनुलाई स्वभाविक मानिन्छ ।

आइतबार अधिकांश समूहमा तेजी आएको छ । नेप्से केही तलमाथि हुँदै अघि बढिरहेको देख्न सकिन्छ । वित्तीय प्रणालीमा अधिक तरलता अनि सस्तो ब्याजदरले सेयर बजार वृद्धिमा निकै राम्रो भूमिका खेलिरहेको देखिन्छ । बैंकहरुले पनि सहज तरिकाले सेयर कर्जा प्रवाह गरिरहेका छन् । अगुवा लगानीकर्ताहरु बजार बढ्दा वा घट्दासमेत नेप्से सूचकलाई मात्र आधार नमान्न सुझाव दिने गर्छन् ।

समग्रमा नेप्से सूचकको प्रवृत्ति महत्वपूर्ण भए पनि विशेष गरेर आफूले लगानी गरकै कम्पनीमा बढी ध्यान दिनुपर्छ । लगानी गर्ने कम्पनीको समग्र अवस्था जस्तो, नाफा, रिजर्भ, प्रतिसेयर आम्दानी, कम्पनी सञ्चालक, व्यवस्थापक अनि भविष्यमा कम्पनीको योजना लगायतलाई ख्याल गर्न आवश्यक हुन्छ । साथै, लगानीकर्ताले होल्ड गर्न सक्ने अवधिमा पनि विचार पुर्याउनुपर्छ । जोखिम बहन क्षमतालाई पनि ख्याल गर्न आवश्यक हुन्छ ।

नेप्से सूचक २८.४६ अंकले बढेर २३१५ विन्दुमा आइपुगेको छ । २०८ कम्पनीको ६ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड ५० लाख ३५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । हाइड्रोपावरबाहेक बाँकी सबै समूहको सूचक वृद्धि भएको छ । व्यापारिक समूह सबैभन्दा धेरैले वृद्धि भएको छ ।

सम्बन्धित समाचार

अग्रपत्तिंमा खटिते पत्रकारलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन सर्वाेच्चकाे आदेश
अग्रपत्तिंमा खटिते पत्रकारलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन सर्वाेच्चकाे आदेश
  • २०७७ माघ ४, १५: २४: ४२

नयाँ विकल्प, काठमाडाैं- सर्बोच्च अदालतले पत्रकारलाई तत्काल कोरोना विरुद्धको खोप उपलब्ध गराउन अन्तरिम आदेश दिएको छ । पत्रकार महासंघ काठमाडौ...

काठमाडौं उपत्यकामा पुनः एक साता निषेधाज्ञा थपियाे,  बारअनुसार पसल खोल्न पाइने
काठमाडौं उपत्यकामा पुनः एक साता निषेधाज्ञा थपियाे, बारअनुसार पसल खोल्न पाइने
  • २०७७ माघ ४, १५: २४: ४२

नयाँ विकल्प, काठमाडाैं- उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार...

‘संस्थापन पक्षलाई संगठीत र तठस्थलाई तान्न सके सभापति जित्न सहज’
‘संस्थापन पक्षलाई संगठीत र तठस्थलाई तान्न सके सभापति जित्न सहज’
  • २०७७ माघ ४, १५: २४: ४२

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीको आगामी १४ औं महाधिवशेनमा पुन सभापति जिताउन संस्थापन पक्षधरका नेता...

भर्खरै

TOP