March 2, 2021, Tuesday

ललिता निवास प्रकरण : अख्तियारका पूर्वप्रमुख बस्न्यातको मुद्दामा सुनुवाइ हुँदै


नयाँ विकल्प,


काठमाडाैं- ललिता निवास प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको मुद्दामा आज सुनुवाइ तोकिएको छ ।

हाल बस्न्यात विशेष अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा छन् । बस्न्यातमाथि तत्कालीन समयमा भौतिक पूर्वाधार सचिव रहेका बेला ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्न भूमिका निर्वाह गरेको आरोप छ ।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा बस्नेतको मुद्दाको पेसी तोकिएको हो । बस्न्यातले भने उक्त प्रकरणमा विशेष अदालतको आदेश गैरकानूनी रहेको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

उक्त प्रकरणमा मुछिएका अन्य व्यक्ति धरौटीमा रिहा भएको जनाउँदै उनले आफूलाई धुनामा पठाउने आदेश गैरकानूनी भएको तर्क गरेका छन् ।

सम्बन्धित समाचार

बहुविवाहका अभियुक्तलाई १ बर्ष कैद सजाय
बहुविवाहका अभियुक्तलाई १ बर्ष कैद सजाय
  • २०७७ माघ ५, १४: ०७: ०८

नयाँ विकल्प सप्तरी-बहुविवाहका आरोपित एक अभियुक्तलाई सप्तरी जिल्ला अदालतले एक वर्ष कैद र १० हजार जरिवानाको फैसला गरेको छ ।...

सवारी दुर्घटनामा परि दुईको मृत्यु
सवारी दुर्घटनामा परि दुईको मृत्यु
  • २०७७ माघ ५, १४: ०७: ०८

नयाँ विकल्प परासी- पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको...

कर्णाली स्वास्थ्य विज्ञान  प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा रावल
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा रावल
  • २०७७ माघ ५, १४: ०७: ०८

नयाँ विकल्प नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा अस्पतालका निर्देशक डा मङ्गल रावललाई...

भर्खरै

TOP