June 20, 2021, Sunday

बहुमतबाट बनेको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न सक्दैन : सिटौला


नयाँ विकल्प,
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा संविधान मस्यौदा लेखन समितिका सभापति कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभाको बहुमत सदस्यको समर्थन प्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने बताएका छन् ।

गणेशमान सिंह तथा शहिद स्मृति शान्ति प्रतिष्ठानद्वारा सोमबार राजधानीमा आयोजित ‘संवैधानिक एवम् राजनैतिक अन्योलता र त्यसको निरुपण’ विषयक अन्तरक्रियामा नेता सिटौलाले बहुमत सदस्यको समर्थनमा प्रधानमन्त्री बन्ने व्यक्तिलाई संविधानले स्वेच्छाचारी बन्ने छुट नदिएको बताए ।

‘बहुमतको समर्थन प्राप्त प्रधानमन्त्रीले संविधान बमोजिम प्रतिनिधिसभा विघटन गर्न सक्दैन । अल्पमतको प्रधानमन्त्रीले मात्र विघटनको सिफारिस गर्न सक्छ’, सिटौलाले भने, ‘बहुमतको समर्थन पाएको प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले अनुमोदन गरेमा देशमा जुनसुकै प्रधानमन्त्रीले जतिबेला पनि संसद विघटन गरिरहन सक्छ ।’

प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई सर्वोच्चले अनुमोदन गर्छ भन्नेमा आफूलाई कुनै पनि हालतमा विश्वास नभएको भन्दै सिटौलाले बहुमतको आधारमा प्रधानमन्त्री भएको व्यक्ति तानाशाह बन्ने छुट संविधानले नदिएको बताए ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमको विरोध कांग्रेसले शान्तिपूर्ण तवरले आफ्नै नीति, कार्यक्रम, दृष्टिकोण र बिचार लिएर गर्ने सिटौलाको भनाई थियो ।

‘नेकपाको आन्तरिक कलह र घर झगडाको आक्रोस प्रधानमन्त्री ओलीले संसद विघटन गरेर पोखेका छन् । यो संसदले प्रधानमन्त्रीको कुनै पनि नीति, कार्यक्रम र प्रस्तावलाई अल्झाएको वा बाधा पुुर्याएको थिएन’, सिटौलाको तर्क थियो ।

सोही कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री एवम् जनता समाजबादीका अध्यक्ष डा. बाबुराम भट्टराईले ओली सरकारको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमका बिरुद्ध संयुुक्त आन्दोलनको थालनी गर्नु पर्ने बताए ।

डा. भट्टराईले भने, ‘वर्तमान सरकारले चुनाव गराउनेवाला छैन्, यो सरकारले गराउने चुनाव भनेका सद्धाम हुुसैनले गराए जस्तै हो । नेकपाकै प्रचण्ड र माधव नेपालले पनि अलग दल भएको स्पस्ट नभइ सरकारबिरुद्ध गरिने आन्दोलनले स्पस्ट दिशा दिँदैन ।’

पूर्वसांसद तीर्थराम डंगोलले प्रतिनिधिसभाको निर्वाचन भए पनि वा प्रतिनिधिसभा पुनस्र्थापना भए पनि मुलुकमा द्वन्द्व नै निम्तिने ठोकुवा गरे । उनले भने, ‘सरकारमा जान प्रतिक्षा गर्नु पर्ने प्रमुख प्रतिपक्षी कांग्रेस संससद पुनःस्र्थापनाको पक्षमा र सत्तारुढ नेकपा चुनावको पक्षमा लागेर उल्टो यात्रा गरिरहेछन् ।’

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष निवर्तमान सांसद भिमसेनदास प्रधान, नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, बारका पूर्वअध्यक्षहरु शेरबहादुर केसी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, मानवअधिकारबादी नेता कपिल श्रेष्ठ, चिकित्सक संघका पूर्वअध्यक्ष चोपलाल भुुषाल, महिला नेतृ हिसिला यमि लगायतले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको बताए ।

प्राध्यापक डा. गुणनिधि तिवारीले संविधानको धारा ७६ को उपधारा १ अनुसार प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले उपधारा ७ अनुसार भन्दै विघटन गर्ने अधिकार संविधानमा नभएको स्पस्ट पारे ।

उनले प्रधानमन्त्रीको कदम संविधान विपरित भएको भनेर चार जना पूर्वप्रधानन्यायाधिशले दिएको अभिव्यक्तिलाई अदालतमाथिको दबाब भनेर टिप्पण गर्नु गलत भएको बताए । उनले अदालतको विषयमा नभएर प्रधानमन्त्रीको कदमको विषयमा बोल्न पाउने हरेक नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हक भएको जनाए ।

सम्बन्धित समाचार

अग्रपत्तिंमा खटिते पत्रकारलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन सर्वाेच्चकाे आदेश
अग्रपत्तिंमा खटिते पत्रकारलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन सर्वाेच्चकाे आदेश
  • २०७७ माघ ५, १६: ४७: ४२

नयाँ विकल्प, काठमाडाैं- सर्बोच्च अदालतले पत्रकारलाई तत्काल कोरोना विरुद्धको खोप उपलब्ध गराउन अन्तरिम आदेश दिएको छ । पत्रकार महासंघ काठमाडौ...

काठमाडौं उपत्यकामा पुनः एक साता निषेधाज्ञा थपियाे,  बारअनुसार पसल खोल्न पाइने
काठमाडौं उपत्यकामा पुनः एक साता निषेधाज्ञा थपियाे, बारअनुसार पसल खोल्न पाइने
  • २०७७ माघ ५, १६: ४७: ४२

नयाँ विकल्प, काठमाडाैं- उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार...

‘संस्थापन पक्षलाई संगठीत र तठस्थलाई तान्न सके सभापति जित्न सहज’
‘संस्थापन पक्षलाई संगठीत र तठस्थलाई तान्न सके सभापति जित्न सहज’
  • २०७७ माघ ५, १६: ४७: ४२

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीको आगामी १४ औं महाधिवशेनमा पुन सभापति जिताउन संस्थापन पक्षधरका नेता...

भर्खरै

TOP