May 14, 2021, Friday

मिथिलामा ‘सनेस’ को चटारो

नयाँ विकल्प

जनकपुर- एक दिन घाम देखिँदा छाएको खुशी अर्को दिन डम्म हुस्सुले ढाकेसँगैको चिसो बतासले तुहिँदै छ ।

गत आइतबार मध्यान्हपछि घाम देखिँदा अब मौसम उघ्य्रो भनेर छाएको खुशी महोत्तरीमा आज एकाबिहानै हुस्सुले ढाकेर लगलगी मुटु कमाउने चिसो बतासले खोसेको छ । यो चिसोमा घर व्यवहार र खेतीपातीका कामसँगै मैथिल गृहिणी (मिथिलाका नारी, मिथिलानी पनि भनिन्छ) लाई थपमा ‘सनेस’ (कोसेली) बनाउने र पठाउने चटारो छ ।

तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्वको ‘सनेस’ आफन्तजन कहाँ पठाउने मिथिलाको पुरानो चलन हो । यसै चलनलाई थेग्न अहिले मिथिलानीे तिल, चिउरा, जुनेलो र मुरिका ‘लाई’ (लड्डू) बनाउन व्यस्त छन् । छोरीचेली (फूपु, दिदीबहिनी, छोरी, दोस्तमहिम (मित, मितिनी) र यस्तै इष्टजनकहाँ ‘सनेस’ पु¥याउनपर्ने स्थापित चलनले मिथिलानीको व्यस्तता अहिले बढेको हो । मिथिलामा माघ महिनाभरि नै ‘लाई’ को मौसम रहन्छ ।

घरको खाजामा होस् वा आफन्तलाई पठाउने ‘सनेस’ मा । यसै परम्पराले सिङ्गो मिथिला क्षेत्रमा नै अहिले तिल, चिउरा, जुनेला र मुरिका ‘लाई’ धमाधम बटारिँदा (बनाइँदा) छन् । रमाइलो थप के हुन्छ भने छिमेकका जेठानी, देउरानी, नाताका बुहारी र अन्य आफन्त (हिमछिम भएका) पनि ‘लाई’ बनाउने कार्यमा सरिक हुन्छन् । मिठ्ठा (सख्खर) को खुँदोको मात्रा, तिल, चिउरा र जुनेला कति तताउने (भुट्ने) सल्लाह र यसै मेसोमा मिथिलानीबीच हुने अन्य हासपरिहास पनि यस कामका रमाइलापक्षका रुपमा पाका मैथिल गृहिणी सम्झन्छन् ।

“पवनीकै दिन (माघ सङ्क्रान्ति) सानो छोराले पर्वको सनेस छोरीकहाँ पु¥याएर आयो”, अझै तील, चिउरा, जुनेला र मुरिका ‘लाई’ बटार्न व्यस्त रहनुभएकी बर्दिबास नगरपालिका–२ की पारोदेवीले भनिन्, “अब ननद (नन्द) र दोस्त (मित) को घरमा जान बाँकी छ, त्यसैले लाई बटारी रहेकी छु ।” पर्वमा घरका परिवारजन, छिमेकी र आफन्तहरुलाई समेत ख्वाइने र यी परिकार हिँउदभरि नै खाजा खाइने परम्पराले पनि अहिले घरघरमा ‘लाई’ बटार्ने मुख्य काम बनेको उनको भनाइ छ ।

खासगरी जाडो याममा सख्खर, घीउ र खुवाका परिकार खाँदा आङ् तात्ने, चिसोका विकार ठिक हुने र काममा फुर्ति आउने आम मैथिल जनविश्वास छ । यसै विश्वासको परम्पराले पनि छिप्पिदो जाडोबीच ‘लाई’ खाने, ख्वाउने प्रचलन मैथिल संस्कृतिको अङ्ग नै बनेको पेशाले शिक्षक रहेकी भङ्गाहा नगरपालिका–७ की समीक्षा सिंह थारु बताउँछिन् ।

अहिले यस क्षेत्रमा आफ्नो सावगास अनुसार सबैजसो घरमा ‘लाई’ बनाउन लागि परेका छन् । ‘सनेस’ पठाउने स्थापित परम्परा र आफ्नै घरको खानपिनमा यो परिकार परेपछि मिथिलामा हिँउदभरि ‘लाई’को मौसम हुने गरेको यहाँका बुढापाका बताउँछन् ।

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७७ माघ ६, १३: ५२: ४७

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७७ माघ ६, १३: ५२: ४७

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७७ माघ ६, १३: ५२: ४७

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP