February 26, 2021, Friday

लुटपाटको अभियोगमा डीएसपी ढुुंगेलसँग धरौटी माग

नयाँ विकल्प,

काठमाडौं– नेपाल प्रहरी डिएसपी (प्रहरी नायव उपरिक्षक) कुमुद ढुंगेललाई एक वर्षअघि काठमाडौंको रानिबारीस्थित लालेन्द्र शेरचनको घरमा लुटपाटको घटनामा संलग्न रहेको आशंकामा उच्च अदालतले एक लाख धरौटी मागेका छ ।

लालेन्द्र शेरचनकीको घरमा रेखदेख गर्ने मिठु थकालीलाई धारिलो हतियार खुकुरी, रड देखाएर गर गहनासहित ५ लाख लुटेको अभियोगमा डीएपी ढुंगेलमाथि कारबाही चलाउन उच्च अदालत पाटले धरौटी माग गरेको हो ।

जिल्ला अदालत काठमाडौंले गरेको आदेश उल्ट्याउँदै उच्च अदालत पाटनले डिएसपी ढुंगेलसँग धरौटी माग गरेको हो । लुटपाटको सो घटनामा डिएसपी ढुङ्गेल जोडिएपछि उनीविरुद्ध एक बर्ष अगाडि जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो।

उक्त मुद्दामा थुनछेकपछि जिल्ला न्यायाधिश कोमलप्रसाद आर्चायले डिएसपी ढुङ्गेललाई साधारण तारेखमा छाड्ने आदेश दिएका थिए । सरकारी वकिल कार्यलयले दर्ता गरेको १७ नम्बर निवेदनमाथि उच्च अदालत पाटनले जिल्लाको सो आदेश उल्टाएको हो ।

‘प्रतिवादीलाई अहिले नै अपराधमा कसुरदार छैनन् भन्ने अवस्था मिसिल संलग्न कागजातबाट पुष्टि हुने आधार नभएको’ भन्दै उच्च अदालत पाटनले ढुंगेलसँग गत साता धरौटी माग गरेको हो ।

जिल्ला अदालतले साधारण तारेखमा छाडेपछि डिएसपी ढुंगेलको निलम्बन फुकुवा भएको थियो। तर उच्च अदालतको आदेशले डिएसपी ढुङ्गेल पुनः निलम्बन हुने भएका छन् । उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा ढुंगेल रहेको स्रोतले जनायो ।

उनी प्रहरी प्रधान कार्यालयमा कार्यरत छन् । देशका झण्डै आधा दर्जन प्रहरी महानिरिक्षकका विश्वासिलो प्रहरी अधिकृतको रुपमा विश्वास जितेका ढुंगेल नेपाल प्रहरीमा ‘सार्प सुटर’को रुपमा चिनिन्छन् । जघन्य अपराधका अनुसन्धानमा ढुुंगेल काबिल भएको दाबी गर्ने गरिन्छ ।

२०७६ चैत २६ गते रानीबारीस्थित लालेन्द्र शेरचनको घरमा भएको लुटपाटको घटनाको समयमा तत्कालिन ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा उनी कार्यरत थिए ।

अपराध महाशाखाको अनुसन्धानले डिएसपी ढुङ्गेलको संलग्नता देखिएपछि तत्कालिन महानगरीय प्रहरी आयुक्तको कार्यालयले उनलाई कारबाहीको सिफारिस गरेको थियो । महानिरिक्षक शैलेश थापा क्षत्री त्यसवेला महानगरीय प्रहरी कार्यालय प्रमुख थिए ।

डकैतीमा संलग्न व्यक्तिसँग डिएसपी ढुङ्गेलको फोन सम्पर्कदेखि म्यासेज आदान प्रदानसम्म भएको तत्कालिन समयमा प्रहरीको अनुसन्धानबाट खुलासा भएको थियो । डकैती अभियोगमा तत्कालिन पक्राउ परेका विकास श्रेष्ठसँग ढुङ्गेलले पटक–पटक सम्पर्क गरेको देखिएपछि अनुसन्धानको दायरामा तानिएका थिए ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ६ वैशाखमा चन्द्रगढी नगरपालिकाका ३८ वर्षीय नवराज तामाङ, ३६ बर्षिय बिक्रम श्रेष्ठ र नुवाकोट बेलकोटगढीका २८ वर्षीय दीपेश भन्ने सन्तबहादुर तामाङलाई नियन्त्रणमा लिएको थियो ।

उनीहरुले प्रयोग गर्ने बा३च ७१६४ कलेजी रङको ट्याक्सी र बा२ज ३०६१ नम्बरको गाडी समेत प्रहरीले बरामद गरेको थियो । उनीहरुले शेरचनकी श्रीमती भानुदेवी शेरचनको घरमा रेखदेख गर्ने मिठु थकालीलाई धारिलो हतियार खुकुरी, रड देखाएर गर गहनासहित ५ लाख लुटेको अनुसन्धानले खुलेपछि कारबाही चलाइएको थियो।

सम्बन्धित समाचार

नेकपा बिबाद छिनोफानो नभएसम्म प्रचण्ड –माधव वा ओली कसैलाई पनि कांग्रेसले समर्थन नगर्ने
नेकपा बिबाद छिनोफानो नभएसम्म प्रचण्ड –माधव वा ओली कसैलाई पनि कांग्रेसले समर्थन नगर्ने
  • २०७७ माघ ६, १६: १७: १०

नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनस्र्थापनापछि बन्ने नयाँ सरकारको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिबाद छिनोफानो...

प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?
प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?
  • २०७७ माघ ६, १६: १७: १०

नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...

युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
  • २०७७ माघ ६, १६: १७: १०

काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...

भर्खरै

TOP