नयाँ विकल्प,
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित प्रतिनिधि स भा विघटन गरेको बिरुद्धमा मंगलबार केश मुण्डनसहित कालो पहिरनमा प्रदर्शनमा उत्रिएका १५ जना नेविसंघका नेतालाई प्रहरीले गिरफ्तार गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध चर्काे नारा लगाउँदै हिँडेका बिद्यार्थीलाई कमलपोखरी पुुगेपछि प्रहरीले हस्ताक्षेप गरी हिरासतमा राखेको नेविसंघका नेता मनिस सिंखडाले जनाएका छन् ।
पक्राउ पर्ने नेविसंघका नेताहरुमा अनिश आचार्य, सरोज थापा, करुणा सागर सिग्देल, पदमा भुसाल, प्रशन्त कार्की, शतिस साह, रोशन गुप्ता, अनिल रिजाल, सुरज दंगाल, सुभम सिंह, नेत्रबिक्रम शाही, कौशल काफ्ले, सुरज लम्साल, राजेन्द्र मैनाली र लक्ष्मण अधिकारी रहेका छन् ।
पक्राउ परेका विद्यार्थीलाई तुुरुन्त रिहाई गर्न नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले माग गरेका छन् ।
यसैगरी, महामन्त्री तिमल्सिनाले अत्यावश्यकिय उपभोग्य बस्तु पेट्रोलियम पदार्थको चरम मुल्यबृद्धि गर्ने प्रतिगामी सरकारको निर्णय प्रति निन्दा र भत्सर्ना गरेका छन् ।
भ्रष्टाचारमा चुर्लुम्म डुबेको सरकारको जनता बिरुद्धको रबैयाको निरन्तरताको रुपमा लादिएको सो निर्णयले नेपालीकोे ढाड सेक्ने र चुलो बन्द गराउने नियतबाट उद्यत भएको बताएका छन् ।
नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनस्र्थापनापछि बन्ने नयाँ सरकारको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिबाद छिनोफानो...
नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...
काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...