नयाँ विकल्प,
काठमाडौं – प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै विपक्षी जनता समाजवादी पार्टी नेपालले जदेशका सबै जिल्लामा बुधबार विरोध प्रदर्शन गरेको छ ।
जसपा नेपालले सरकारको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको भन्दै दोस्रो चरणको अन्तिम दिनको बिरोध प्रदर्शन र बिरोधसभा कार्यक्रम सम्पन्न गरेको हो ।
जसपाका अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र महतोले राजविराजमा, डा. बाबुराम भट्टराईले धनगढीमा, असोक राईले विर्तामोडमा, शरतसिंह भण्डारीले विराटनगरमा र राजेन्द्र श्रेष्ठले कपिलबस्तुमा आयोजित विरोध सभालाई संवोधन गरेका थिए ।
महामन्त्री केशव झाले ललितपुरको लगनखेल बसपार्कमा ललितपुर जिल्लाद्वारा आयोजित कार्यक्रममा (सरकारले प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम चालेको भन्दै त्यसका विरुद्ध पार्टीदले देशव्यापी विरोध प्रदर्शन गरेको बताए ।
‘लोकतन्त्रमा अदालतलाई सबै नागरिकले सम्मान गर्नुपर्छ । तर न्यायमुर्तीहरु जो हाम्रो समाजको हिस्सा हुनुहुन्छ उहाँहरुले जुन आसयका साथ बहसको दौरान आजभोलि प्रश्न गरिरहनु भएको छ, त्यसले आमजनमानसमा शंकाहरु उब्जिन थालेको छ ।’
उनले पार्टीको विश्वास संविधानको मर्म र भावना अनुसार नै फैसला आउने छ भन्ने रहेको बताए ।
प्रधानमन्त्रीजीले जनताको सार्वभौम अधिकार जो अहिले हनन गर्नु भएको छ, राजा बनेर त्यसको लागि जनतासँग ढिला नगरी माफी माग्नु पर्ने भन्दै झाले संवैधानिक संकट निम्त्याउन ओलीले भूमिका खेलेको बताए ।
‘संविधान नै नमान्ने प्रधानमन्त्रीले चुनाव के गर्ला ?’ भनेर जनताले ओलीलाई विश्वास नगरेको भन्दै नेता झाले ५ वर्षको मतादेश पाएको सरकारलाई तीन वर्षमै चुनावा किन चाहियो ? भनी प्रश्न गरे ।
‘अहिले निर्वाचन आयोगलाई हामी खबरदार गर्न चाहन्छौं ।असंवैधानिक तरिकाले घोषणा भएको चुनावको तैयारीको नाममा राज्यको ढुकुटी रित्याउन तर्फ नलाग्नुस । नत्र जनताले तपाईंलाई पनि बाँकी राख्दैनन्’ उनले भने ।
कामचलाउ सरकारका प्रधानमन्त्रीले सरकार बिस्तार गर्न नपाउने भन्दै झाले देशमा समस्यै समस्या निम्त्याएर कसैले प्रश्न नगरोस भनेर राजा र तानाशाह हुन खोजेको आरोप लगाए । जसपाले पुस २५,२७ , २९ गते तथा माघको ३ गते मुलुकको प्रमुख ६ स्थानमा विशाल बिरोध सभाहरु आयोजना गरेको थियो ।
नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्ध सर्वोच्च अदालतमा परेको...
नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सर्वोच्च अदालतको संसद पूर्नस्थापनागर्ने निर्णयको सम्मान गरेको छ ।...
नयाँ विकल्प काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र...