June 20, 2021, Sunday

बेतबाट बनेका सामानप्रति बढ्दो मोह

नयाँ विकल्प

विराटनगर-पछिल्लो समयमा बेतबाट बुनेका सामानप्रति मानिसको आकर्षण बढ्न थालेको छ । बढ्दो आकर्षणसँगै यसको व्यवसाय पनि फस्टाउँदै गएको छ ।

कम मेहनत र थोरै लगानीबाट शुरु हुने यो व्यवसायबाट नाम र दाम दुबै कमाउन सकिने पूर्वाञ्चल बेत बाँस उधोगका सञ्चालक लक्ष्मी श्रेष्ठको भनाइ छ । विसं २०४९ देखि विराटनगरस्थित बसपार्क छेउमा बेतका सामान बनाएर बेच्दै आइरहेका व्यवसायी श्रेष्ठले बेतको उत्पादन नेपालमा कमै मात्रामा हुने गरेको जानकारी दिए ।

उनले बेतबाँसका सामान बनाउन छिमेकी राष्ट्र भारतबाट बेत मगाउने गरेको जानकारी दिए । बेतबाट कुर्सी, टेबल, ह्याङ्गर, सोफा, लठ्ठी, बच्चाको झलुङ्गा, पलङ, टुल, ढकीया, टेलिफोन राख्ने स्ट्याण्ड, मुढा, ¥याक जस्ता सामान बन्ने गरेको छ । बेत खरीद गर्दा मुठाको हिसाबले खरीद गर्नुपरेको र एक मुठाको रु एक हजार २०० भारतीय रुपैयाँ पर्ने गरेको उनको भनाइ छ । उनका अनुसार एक मुठामा २० देखि २५ वटा बेत हुन्छन् ।

हेर्दा सजिलो व्यापार व्यवसाय भए पनि बेत ल्याउने झन्झटिलो छ । भन्सारमा धेरै समस्या झेल्नुपरेको अनुभव व्यवसायी श्रेष्ठको छ । शुरुमा व्यापार राम्रो नभए पनि यसप्रति बढ्दो मानवीय रुचि र आकर्षणले यो व्यापार फस्टाउँदै गएको छ । व्यापार पनि राम्रै चलेको अनुभव व्यवसायी श्रेष्ठको छ । “सामान बनाउनका लागि यहाँ दक्ष जनशक्ति वा मजदूरको अभाव छ”, उनले भने , “यस कार्यका लागि भारतबाट मजदूर ल्याउनुपर्ने अवस्था छ ।”

विशेषगरी चाडपर्व र बिहेको लगनका समयमा यसको सामान बनाउन भ्याइनभ्याइ हुन्छ, उनले भने । मजदूर पाइए पनि बेतका सामान बनाउन तालीम प्राप्त कालीगढले मात्र सक्ने उनको भनाइ छ । यस उद्योगबाट उत्पादित सामान मोरङ, सुनसरी, झापा र धनगढी बजारसम्म बिक्री हुने गरेको व्यवसायी श्रेष्ठको भनाइ छ ।

बेतबाट बनेका बच्चाको झलुङ्गाको मूल्य रु तीन हजार ५०० देखि छ हजार, लुगा स्टेन्डको रु एक हजार ८०० देखि रु तीन हजार, मुढाको रु एक हजारदेखि दुई हजार २००, कुर्सीको रु एक हजार ८०० देखि चार हजार र सोफाको सेट रु २० हजारदेखि ५५ हजार पर्ने गरेको बताइएको छ । रोजगारको अभावमा वर्षेनी विदेशिने युवाले यस्ता सीप सिक्न सके स्वदेशमै राम्रो आम्दानी गर्न सक्ने यहाँको व्यवसायीको भनाइ छ ।

सम्बन्धित समाचार

अग्रपत्तिंमा खटिते पत्रकारलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन सर्वाेच्चकाे आदेश
अग्रपत्तिंमा खटिते पत्रकारलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन सर्वाेच्चकाे आदेश
  • २०७७ माघ ८, १२: ५०: ५३

नयाँ विकल्प, काठमाडाैं- सर्बोच्च अदालतले पत्रकारलाई तत्काल कोरोना विरुद्धको खोप उपलब्ध गराउन अन्तरिम आदेश दिएको छ । पत्रकार महासंघ काठमाडौ...

काठमाडौं उपत्यकामा पुनः एक साता निषेधाज्ञा थपियाे,  बारअनुसार पसल खोल्न पाइने
काठमाडौं उपत्यकामा पुनः एक साता निषेधाज्ञा थपियाे, बारअनुसार पसल खोल्न पाइने
  • २०७७ माघ ८, १२: ५०: ५३

नयाँ विकल्प, काठमाडाैं- उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार...

‘संस्थापन पक्षलाई संगठीत र तठस्थलाई तान्न सके सभापति जित्न सहज’
‘संस्थापन पक्षलाई संगठीत र तठस्थलाई तान्न सके सभापति जित्न सहज’
  • २०७७ माघ ८, १२: ५०: ५३

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीको आगामी १४ औं महाधिवशेनमा पुन सभापति जिताउन संस्थापन पक्षधरका नेता...

भर्खरै

TOP