May 14, 2021, Friday

मोटरसाइकलमा दुर्घटना हुँदा दुईको मृत्यु

नयाँ विकल्प

सप्तरी- खडक नगरपालिका–११ बनौलीमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

हुलाकी राजमार्गस्थित सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००१–प ६१४६ नंको मोटरसाइकल आज दुर्घटना हुँदा खडक–११ बनौलीका २१ वर्षीय शिवेन्द्र साह र २५ वर्षीय अरविन्द यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शिवेन्द्र मोटरसाइकल चालक हुन् भने अरबिन्द बीचमा सवार थिए । दुवै शव परीक्षणका लागि लागि गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।

मोटरसाइकल पछाडि सवार सोही ठाउँका २१ वर्षीय सुनिलकुमार चौधरी गम्भीर घाइते भएका छन् । उनको टाउको र शरीरको विभिन्न भागमा चोटपटक लागी उपचारार्थ छिन्नमस्ता अस्पतालमा भर्ना गरिएको छ । रासस

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७७ माघ ८, १३: ०३: ५५

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७७ माघ ८, १३: ०३: ५५

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७७ माघ ८, १३: ०३: ५५

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP