February 24, 2021, Wednesday

लमजुङमा भूकम्प प्रभावित ८५ विद्यालय भवन पुनःनिर्माण सकियाे

नयाँ विकल्प

लमजुङ- यहाँ भूकम्पबाट क्षति पुगेका ८५ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएका छन् । भूकम्पबाट क्षति पुगेका १२७ विद्यालयमध्ये ६० प्रतिशतको निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ (शिक्षा) लमजुङले जनाएको छ ।

सो विद्यालय पुनःनिर्माणका लागि ६२ करोड खर्च भएको एकाई प्रमुख अशोक पराजुलीले जानकारी दिए । उनका अनुसार साउदी अरेबियका दूतावासबाट भवन पुनःनिमार्णका लागि आएको १२ करोड, गैरसकारी संस्था र विद्यालय व्यवस्थापन समितिमार्फत गरी भवन पुनःनिर्माणका लागि आएको कूल एक अर्ब १२ करोडमध्ये उक्त रकम खर्च भएको छ ।

एक सय २७ विद्यालयमध्ये १६६ भवन पुनःनिर्माण हुने र तीमध्ये ८५ वटा भवनको पुनःनिर्माण सम्पन्न भइसकेको र ८१ भवन निर्माणाधीन अवस्थामा रहेको इकाइ प्रमुख पराजुलीको भनाइ छ । उनका अनुसार पुनःनिर्माण सम्पन्न भइसकेका विद्यालय भवनमध्ये २० कोठे भएका तीन वटा विद्यालय भवन गैरसरकारी संस्था गोरखा वेयलफेरयले निर्माण गरेको छ । तीसंस्थाले चार वटा विद्यालय भवनको पुनः निर्माण गुर्नपर्ने छ ।

साउदी सरकारले बनाउन लागेको चार वटा विद्यालय भवन निर्माणाधीन रहेको इकाई प्रमुख पराजुलीको भनाइ छ । उनले भने , “३२ वटा शौचालय निर्माण सम्पन्न भइसकेको छ भने ३६ वटा शौचालय निर्माणाधीन अवस्थामा रहेको छ ।” त्यस्तै, ३७ वटा खानेपानी धारा निर्माण गर्नुपर्नेमा ती सबै निर्माणाधीन अवस्थामा रहेको इकाइले जनाएको छ ।

चालू आर्थिक वर्षमा ८१ विद्यालय भवन, ३६ शौचालय र ३७ खानेपानी धाराको पुनःनिर्माण गर्ने लक्ष्य लिएको प्रमुख पराजुलीको भनाइ छ । जिल्लामा विद्यालय भवन पुननिर्माण आर्थिक वर्ष २०७३÷७४ बाट शुरु भएको थियो ।

उक्त आर्थिक वर्षदेखि जिल्लामा पुनःनिर्माण गर्नुपर्ने विद्यालय भवन पाँच वर्ष अवधि रहेकोमा निर्धारित समयमै सम्पन्न हुन लागेको इकाइ प्रमुख पराजुलीले जानकारी दिए । जिल्लामा कूल ३५२ सामुदायिक विद्यालय रहेकोमा १२७ विद्यालयमा भूकम्पले क्षति पु¥याएको थियो । रासस

सम्बन्धित समाचार

विघटनबिरुद्ध अन्तरिम आदेश नदिएकाले अदालतको आदेश पर्खौं भनेको हुँ – देउवा
विघटनबिरुद्ध अन्तरिम आदेश नदिएकाले अदालतको आदेश पर्खौं भनेको हुँ – देउवा
  • २०७७ माघ ८, १३: १८: ३७

नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्ध सर्वोच्च अदालतमा परेको...

ओली पक्षकाे बालुवाटार भेलाः   ताेकिएकाे समयमा भित्र संसद बैठक बाेलाउने निर्णय
ओली पक्षकाे बालुवाटार भेलाः ताेकिएकाे समयमा भित्र संसद बैठक बाेलाउने निर्णय
  • २०७७ माघ ८, १३: १८: ३७

नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सर्वोच्च अदालतको संसद पूर्नस्थापनागर्ने निर्णयको सम्मान गरेको छ ।...

प्रतिनिधिसभा पुनर्स्थापनापछि देउवासँग प्रचण्ड–माधवको  छलफल
प्रतिनिधिसभा पुनर्स्थापनापछि देउवासँग प्रचण्ड–माधवको छलफल
  • २०७७ माघ ८, १३: १८: ३७

नयाँ विकल्प काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र...

भर्खरै

TOP