नयाँ विकल्प,
काठमाडौ– नेपाली कांग्रेसले प्रहरी कार्यालयमा छलफल भइरहँदा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित भएका वडाध्यक्षले चक्कु प्रहार गरी तीन जनालाई घाइते बनाएका छन् ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ९ नं.वडाध्यक्ष तारकबहादुर शाहीसहित ५ जनालाई विहीबार स्थानीय इलाका प्रहरी कार्यालयमा छलफल भइरहेको बेला नेकपा निकट वडा नं. ८ का वडाध्यक्ष मानबहादुर चदारा, ३ नं. वडाध्यक्ष केशरमान विकको समूहले आक्रमणा गरेको थियो ।
सुरक्षाकर्मीकै अघि चक्कु प्रहार गरी गम्भीर वडाध्यक्ष शाही, तेजबिक्रम आरसी र दीपक केसी गम्भीर घाइते बनाइएको थियो । सो घटनामा सख्त घाइते भएकामध्ये एक जनाको नेपालगञ्जमा र दुई जनाको आठबीसकोट नगर अस्पतालमा उपचार भईरहेको छ ।
घटनामा संलग्न आक्रमणकारीहरुलाई तत्काल नियन्त्रणमा लिएर कडाभन्दा कडा कारवाही गर्न तथा घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न नेपाली कांग्रेसले माग गरेको छ । भविष्यमा यस्ता घटनाहरु नदोहो¥याउन नेकपालाई कांग्रेस चेतावनी दिएको छ ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन समेत आग्रह गरिएको छ ।
तत्कालिन नेकपा माओवादीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु आफूसँग असहमत राख्ने र फरक विचार बोक्नेमाथि अझै पनि शसस्त्र द्वन्द्वकालमा जस्तै भौतिक आक्रमणमा उत्रने गरेका छन् । व्यक्तिमाथि दुव्र्यवहार गर्ने र आक्रमण गर्नेमाथि प्रहरी प्रशासनले नियन्त्रण गर्न सकेको छैन् ।
नयाँ विकल्पकाठमाडाैं- सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । शनिवार चितवन पुगेका सभामुख...
नयाँ विकल्पकाठमाडाैं-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ...
नयाँ विकल्पकाठमाडाैं- नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) का प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सय भन्दा बढी...