रूपन्देही- तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गरेको छ ।
नगरपालिकाले सहकारीमार्फत दुग्ध उत्पादक किसानलाई प्रतिलिटर रु एकका दरले अनुदान उपलब्ध गराएको हो । उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरुप यो वर्ष किसानले ४५ लाख ९८ हजार ८०० प्राप्त गरेका छन् । अनुदानलाई साना किसानसम्म पु¥याउन एक आर्थिक वर्षमा सहकारीमार्फत बिक्री गरेको दूधको परिमाणअनुसार अनुदान रकम प्रदान गरिएको नगरप्रमुख वासुदेव घिमिरेले बताए ।
सहकारीले उपलब्ध गराएको आव २०७६÷७७ को लेखापरीक्षण प्रतिवेदनको आधारमा २० दुग्ध उत्पादक सहकारीमा आबद्ध तीन हजार २५५ किसानले अनुदान रकम प्राप्त गरेका छन् । मङ्गलबार दुग्ध उत्पादक सहकारीलाई प्रदान गरिएको अनुदान रकम सहकारीमार्फत किसानले प्राप्त गर्नेछन् ।
नगरपालिकाले अघिल्लो आवमा पनि यहीँ नीतिअनुरुप झण्डै रु ३७ लाख किसानलाई अनुदान उपलब्ध गराएको थियो । उत्पादनका आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने भएकाले नगरपालिकाले उत्पादनका आधारमा अनुदान रकम दिने नीति लिएको नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन् ।
यस वर्ष सबैभन्दा बढी अनुदान रकम वडा नं १४ स्थित गौतमबुद्ध दूध डेरी दुग्ध चिस्यान केन्द्रले प्राप्त गरेको छ । केन्द्रले नौ लाख २६ हजार ८५२ प्राप्त गरेको छ । वडा नं १४ कै टिकुलीगढ दुग्ध उत्पादक सहकारीले पाँच लाख २० हजार ५४, वडा नं १२ को गोकुल दुग्ध उत्पादक सहकारीले चार लाख ७० हजार ५२७, वडा नं ६ को पञ्चामृत दुग्ध उत्पादक सहकारीले चार लाख २७ हजार ५५७ प्राप्त गरेको छ ।
गत वर्षको तुलनामा यस वर्ष दुग्ध उत्पादन बढ्दा किसानले झण्डै आठ लाख बढी अनुदान रकम प्राप्त गरेका छन् । दूधमा आत्मनिर्भर तिलोत्तमामा वार्षिक एक करोड लिटर दूध उत्पादन हुने गरेकामा त्यसको झण्डै आधा दूध सहकारीमार्फत बिक्री वितरण हुने भएको छ ।
दुग्ध उत्पादक सहकारी सङ्घका केन्द्रीय सदस्य हरि काफ्लेले किसानको पक्षमा नगरपालिकाले गरेका काम प्रशंसनीय रहेको बताउँदै सोझै किसानको हातमा रकम जाने यो कार्यक्रम सबैका लागि अनुकरणीय रहेको बताए । सङ्घका जिल्ला अध्यक्ष लेखनाथ पाण्डेयले तल्लो तहका किसानको गोठमा पुग्ने अनुदानले साना किसानलाई प्रोत्साहन मिलेको बताए ।
नयाँ विकल्प नवलपरासी- बाँसको चोया काटेर महिलाले डोको–डालो बुन्छन्भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । समुदायमा विशेषगरी पुरुषले मात्रै डोको–डालो बुन्ने...
नयाँ विकल्प झापा- मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट लागुऔषध ब्राउनसुगरसहित मङ्गलबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर...
नयाँ विकल्प, काठमाडाैं- संसद बैठक र सरकार गठनबारे रणनीति तय गर्न नेकपाको प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बाेलाएकाे छ ।...