February 28, 2021, Sunday

हुम्लामा अज्ञात रोगका कारण कुखुरा मर्न थाले

नयाँ विकल्प

सिमिकाेट- हुम्ला गाउँपालिका–२ थालीमा अज्ञात रोगका कारण दैनिक १५ देखि २० कुखुरा मर्ने गरेका छन् ।

विगत तीन दिनदेखि अज्ञात रोगका कारण यहाँका दैनिक करीब २० वटा स्थानीय जातका (लोकल) कुखुरा मर्ने गरेको स्थानीयवासी बताउँछन् । पाँच दिन अगाडि मात्रै बाजुराको कोल्टीबाट सर्केगाड गाउँपालिका–२ उनपानी र रिप गाउँका दुई जना व्यापारीले बिक्रीका लागि १६ वटा कुखुरा ल्याएपछि गाउँका स्थानीय जातका (लोकल) कुखुरामा रोग फैलिएको बताइएको छ ।

कुखुरामा कुन रोग लागेको हो भन्ने पहिचान हुन नसकेको भएपनि स्थानीयवासीले मरेका कुखरा दैनिकजसो पकाएर खाने गरेका छन् । जिल्ला बाहिरबाट ती कुखुरा नल्याउँदासम्म गाउँका कुखुरामा कुनै पनि रोग नलागेको स्थानीयवासी लामा रावलले बताए । बाहिरबाट ल्याएका कुखुराबाट रोग सरेको हुन सक्ने उनको अनुमान छ ।

बाहिरबाट ल्याएका कुखुरा जोडीको पाँच हजार ५०० दरले गाउँलेले किनेपछि यहाँका स्थानीय जातका कुखुरामा रोगको प्रकोप देखापरेको स्थानीयवासी रावलको भनाइ छ । कुखुरामा कराउने र झोक्राउने जस्ता लक्षण देखिने र केही समयपछि मर्ने गरेको छ ।

गाउँमा सयौँ कुखुरा मरिसक्दा पनि खार्पुनाथ गाउँपालिका पशु शाखा कार्यालयले यसतर्फ गम्भीर हुन सकेको छैन् । मरेको कुखुरालाई क्षेत्रीय प्रयोगशालामा पठाएर परीक्षण गरेपछि खाने योग्य भएमात्र खानुपर्ने पशुसेवा तथा भेटेनरी कार्यालय हुम्लाका सूचना अधिकारी कृष्ण रोकायाले बताए । थाली गाउँमा अज्ञात रोगका कारण कुखुरा मर्ने गरेको जानकारी हालसम्म नआएको खार्पुनाथ गाउँपालिका पशुसेवा प्रमुख नरेन्द्र शाहीले बताए ।

सम्बन्धित समाचार

सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण शुरु
सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण शुरु
  • २०७७ माघ ८, १३: ४३: २०

नयाँ बिकल्प, काठमाडौं । राजधानी काठमाडौंका वासिन्दाले जीवित संस्कृतिको सम्पदाको रुपमा मान्दै आएका सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण र पुननिर्माण कार्यको...

प्रधानसम्पादक दवाडीलाइ कोभिड संक्रमण
प्रधानसम्पादक दवाडीलाइ कोभिड संक्रमण
  • २०७७ माघ ८, १३: ४३: २०

नयाँ विकल्प काठमाडौं – वरिष्ठ पत्रकार तथा विकल्प राष्ट्रिय साप्ताहिक र नयाँ विकल्प डट कमका प्रधान सम्पादक दामोदर प्रसाद दवाडीलाइ...

राष्ट्रिय सभाका पूर्वसांसद डाक्टर शंकर उप्रेतिको निधन
राष्ट्रिय सभाका पूर्वसांसद डाक्टर शंकर उप्रेतिको निधन
  • २०७७ माघ ८, १३: ४३: २०

नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसका पुराना नेता तथा राष्ट्रिय सभाका पूर्वसदस्य सांसद डा. शंकरप्रसाद उप्रेतीको शनिबार राती काठमाडौमा निधन...

भर्खरै

TOP