February 27, 2021, Saturday

विप्लव समूहका मोरङ इन्चार्ज धनबहादुर बन्दुकसहित पक्राउ

नयाँ विकल्प,
काठमाडौ । सरकारले प्रतिबन्ध लगाए पनि हिंसात्मक गतिविधि गर्दै आएको नेकपा (विप्लव समूह)का मोरङ जिल्ला ईन्चार्जलाई मोरङ प्रहरीले हातहतियारसहित बुधबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार दिउँसो २ बजे मोरङले बुढीगंगा गाउँपालिका ४ बाट संखुवासभा जिल्लाको मादी नगरपालिकाका ३२ वर्षीय डिबि सिलवाल भन्ने धन बहादुर बिकलाई पक्राउ गरेको हो ।

बिकले केही समयदेखि सुनसरी–मोरङ औद्योगिक कोरिडरका उद्योगी व्यवसायीलाई धम्क्याउँदै चन्दा असुल गर्ने कार्यमा संलग्न थिए ।

बिकको साथबाट प्रहरीले अटोमेटिक पेस्तोल एक थान, लोड गरिएको म्याग्जिनसहित ३ थान गोली र सिम नभएको ओप्पो र कलर्स कम्पनीको एक–एक थान मोबाइल र सिमकार्डहरु बरामद गरेको छ ।

बिकमाथि प्रहरीले गत मंसिर २३ गते मोरङको मिक्लाजुङ्ग गाउँपालिका वडा नं १ बर्खे बस्ने राजेन्द्र श्रेष्ठको हत्याको अभियोगमा प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले बताए ।

सम्बन्धित समाचार

फागुन २२ वा २३ गते संसद अधिवेशन बेलाउन सिफारिस गर्ने तयारीमा ओली सरकार
फागुन २२ वा २३ गते संसद अधिवेशन बेलाउन सिफारिस गर्ने तयारीमा ओली सरकार
  • २०७७ माघ ८, १३: ५२: ०४

नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...

चिनियाँ र भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई
चिनियाँ र भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई
  • २०७७ माघ ८, १३: ५२: ०४

नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...

मस्तिष्क पक्षघात भएका जोशीको शल्यक्रिया गरी एमआइसीयूमा उपचार हुँदै, अवस्था गम्भीर
मस्तिष्क पक्षघात भएका जोशीको शल्यक्रिया गरी एमआइसीयूमा उपचार हुँदै, अवस्था गम्भीर
  • २०७७ माघ ८, १३: ५२: ०४

नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...

भर्खरै

TOP