February 27, 2021, Saturday

कांग्रेस नेतृत्वमा ९ वर्ष लगाएर बनाइएको संविधानकाे रक्षार्थ जस्ताे सुकै मुल्य चुकाउन तयार छाैं !

केदार मानन्धर ,

काठमाडाैं- केदार मानन्धर नेपाली कांग्रेस नागार्जुन नगरसमितिका सभापति हुन् । जनताको कामप्रति सधैं दत्तचित्त भएर लाग्ने मानन्धर जनताको काम गर्दा सेवाभावले पार्टीभन्दा माथि उठेर गर्नुपर्ने बताउँछन् । सधैं नगरको विकास निर्माणमा चासो राख्ने उनले मेयर मोहनबहादुर बस्नेतको कामप्रति खुलेर प्रशंसा गर्न भ्याए । समसामयिक विषयमा केन्द्रित रहेर नेपाली कांग्रेसका नगरसभापतिसँग नयाँविकल्पका लागि कालिका महतले गरेको कुराकानीः

प्रधानमन्त्रीले संसद् भंग गरेर मध्यावधी घोषणा गर्नुभयो, नेपाली कांग्रेस चनावमा जान तम्तयार हो ?

वास्तवमा भन्नुपर्दा नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले उसको लागि चुनावमा जानु, प्रतिस्पर्धा गर्नु राम्रो पक्ष हो । फेरि हामी जहिले पनि जनता समक्ष जान र बस्न रुचाउँछौं । तर अहिले जसरी संसद विघटन गरिएको छ । त्यो जनताले विश्वास गरेर पाँच वर्षको लागि दिएको मत हो । त्यसमा दोस्रो संविधानसभाबाट करिव ९ वर्ष लगाएर नेपाली कांग्रेस नेतृत्वमा बनाइएको संविधान हो ।

त्यसमाथि असंवैधानिक तरिकाबाट प्रहार भएको छ । लोकतान्त्रिक संविधानलाई लत्याएर कम्युनिस्ट पार्टीका नेताहरुले संसद विघटन गरे । यो असंवैधानिक कामको नेपाली कांग्रेस विरोध गर्दछ । यसलाई हामी किन विरोध गर्दछौं भने ‘यो संविधान, देश जनताको खिलाफमा छ ।’

प्रतिपक्षले काम गर्न नदिएर प्रधानमन्त्रीले संसद विघटन गर्नुभएको हो ?

प्रतिपक्षको कारणले होइन, उहाँहरुकै कारणले गर्दा विघटन भएको होइन । यो ओली पक्षको मात्रै कारणले होइन, उहाँहरुबीचको अन्तरद्वन्द्वको कारणले भएको हो । अन्तरद्वन्द पनि उहाँहरुमा एक पक्ष सत्तामा गए, अर्को जान पाएनन् त्यसै कारणले भएको हो ।

झन्डै दुईतिहाई हाराहारीको सरकारबाट नेपाली जनताले मुलुकमा सुशासन आउँला, समृद्धि आउँला, भ्रष्टाचारको अन्त्य हो भनेर सोचेका थिए । त्यसलाई नेपाली कांग्रेसले पर्खेर हेरिरहेको अवस्था थियो । त्यो काम गर्न नसकेर अहिले हुनै नसक्ने र गर्नै नहुने कुरा प्रधानमन्त्रीले ल्याउनुभयो । यो कुरा जनतालाई थाहा पछि, केही हामीले बुझाउनु पनि पर्छ त्यहीं भएर पनि अहिले हामी आन्दोलित भएका हौं ।

प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध देशैभर आन्दोलनरत छ ?

यो असंवैधानिक कदमविरुद्ध हामी देशैभर परिचालित भइसकेका छाैं । त्यसकारण हाम्रो नागार्जुन नगरपालिकामा १० वटा वडाहरु छन् । ती दर्शैवटा वडाबाट नेपाली कांग्रेसको विरोध सभामा ठूलो जनउपस्थिति रह्हो । वडावासीहरुले प्रत्येक वडाबाट जुलिस लिएर कार्यक्रममा उपस्थिति जनाएका छन् । त्यो जुलुसमा व्यापक रुपमा युवा र महिलाहरुको उपस्थिति रह्यो ।

त्यसभए नेपाली कांग्रेस असंवैधानिक कदमविरुद्ध आफ्ना कुरा लिएर जनता समक्ष जाँदै छ ?
हामी आफ्ना कुराहरु लिएर जनता समक्ष जान्छौं । वास्तवमा यो देशमा लोकतन्त्र, संविधान, सिस्टम, व्यवस्थाको रक्षा गर्न कांग्रेस संघर्षमा गएको हो । यो नेपाली कांग्रेसलाई मात्रै छ । यिनै कारणले गर्दा पनि हामीले यी कुराहरु लिएर जनता समक्ष जानै पर्छ । त्यसको लागि कांग्रेस एकढिक्का भएर देशैभरि परिचालित छ । जसले केन्द्रदेखि स्थानीयतहसम्म आफ्नो विरोध कार्यक्रम परिचालित गरेको छ ।

प्रतिपक्ष दल कांग्रेस कमजोर भएर सत्तापक्षले मनोमानी गर्यो भन्ने गुनासो छ नि ?

प्रधानमन्त्रीले त आफूले गरेका अनियमितता र भ्रष्टाचार उजागर गर्नुहुन्छ भनेर पहिला संसद् स्थगन गर्नुभयो । प्रपक्षले कमीकमजोरीका कुरा संसद्मा उठाउँने हो । ती विरोधका स्वर थेग्न नसक्ने भएपछि प्रधानमन्त्रीले संसद स्थगन गर्नुभयो । अहिले जसरी कम्युनिष्टहरु जनमतको खिलाफमा उत्रिए । त्यसको विरद्धमा जनउभार उलिएको छ । यसलाई हेर्दा नेपाली जनता अब कांग्रेसको पक्षमा छन् भन्ने कुरा प्रमाणित भइसकेको छ ।

त्यसोभए केपी शर्मा ओलीले आन्तरिक झगडाका कारण देश र जनतालाई भड्खालोमा हालेका हुन् ?

यसमा केपी शर्मा ओलीको मात्रै दोष छैन । यसको दोष सिंगो नेकपालाई जान्छ । एक पक्षले भागबन्डा नमिलेर केपी ओलीलाई काम गर्न नदिने । अनि केपी ओलीले पनि आफूलाई गरेका हजारौं गल्तीहरुलाई ढाकछोड गर्न नसक्ने अवस्था भएपछि संसदै भंग गरेका हुन् । खासमा भन्ने हो भने उहाँहरुको आन्तरिक द्वन्द्व र भागबन्डाकै कारणले उनीहरुले देश र जनतालाई भड्खालोमा पुर्याएको हो ।

आफूले गरेका भ्रष्टाचार र अनियमितताको कुरा उठ्छ भनेर प्रधानमन्त्रीले संसद् भंग गरेका हुन् भन्न खोज्नुभएको हो ?

वास्तवमा आफूले गरेका भ्रष्टाचार कुसंस्कारका कुराहरु संसद्मा उठ्छन्, त्यसलाई थेग्न सकिँदैन भनेर नै प्रधानमन्त्रीले संसद् भंग गर्नुभएको हो । हिजोको अवस्थालाई हेर्दा यसमा कांग्रेस चुप लागेर बस्यो भन्ने छ । सडकमा आएनन्, टायर बालेनन् भन्ने आवाजहरु पनि सुनिएको थियो । अहिले यति धेरै सामाजिक सञ्जालमा उहाँहरुको विरोध भइरहेको छ ।

हामीले पनि ती सामाजिक सञ्चालको माध्यमहरुबाट जनतालाई सुसूचित गरिेरहेका छौं । त्यसकारण कांग्रेस चुपलागेर बसेको छैन । उहाँहरुले कहिले साइबर सेना, कहिले अरिगाल धमास दिइरहनुभएको छ । संविधानको विपक्षमा अरिगाल र साइबर सेना भनेर पनि उहाँहरुले नै बोलेको हो । फेरि अहिले नेपाली कांग्रेसले कम्युनिस्टहरुको विरोध गर्नुपर्दैन । एकातिर केपी शर्मा ओलीको भाषण र अर्कोतिर माधव नेपाल, झलनाथ, प्रचण्डको भाषण सुन्दा पुगिहाल्छ ।

त्यसोभए कम्युनिस्ट पार्टीको आलोचना गर्न कम्युनिस्ट नेता नै काफी छन् कांग्रेसले दुःख गरिरहनु परेन ?

आफ्नै अन्तरद्वन्द्वले उहाँहरु सिद्धिनुभएको छ । कांग्रेसले उहाँहरुको कटुआलोचना गरिरहनु पर्दैन । हामीहरु सिस्ट भाषामा उहाँहरुले गरेका कमीकमजोरीहरु जनता समक्ष राख्छौं । हामीले नाराहरु पनि त्यस्तै ढंगले तय गरेका छौं । हामी सडकमा विभिन्न शब्दावली प्रयोग गरेर गाली पनि गर्दैनौं । जुन कांग्रेसको लोकतान्त्रिक मूल्य, मान्यता र आदर्श छ, त्यसलाई टेकेर अगाडि बढ्छौं । जसरी कांग्रेसको लोकतान्त्रिक छवि छ, त्यसलाई बँचाएर जान्छौं ।

२००७, २०४६ र २०६२÷६३ आन्दोलनको नेतृत्व पनि कांग्रेसले नै गरेको हो । ती लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेर आएको पार्छी हो । त्यो क्षमता पनि नेपाली कांग्रेसले राख्छ । त्यसैले हामीहरु सिस्ट भाषामा आफ्ना कुराहरु जनता समक्ष राख्छौं ।

कम्युनिस्टबाट लोकतान्त्रिक सिस्टममाथि प्रहार भइसकेपछि जनताले कांग्रेसबाट आश गरेका छन् त्यसलाई परिपूर्ति गर्न कांग्रेसले सक्छ ?

हिजो परिवर्तनको लागि भएका त्यत्रा आन्दोलनको नेतृत्व गर्न सक्ने कांग्रेसले थेग्न नसक्ने कुरै हुँदैन । नेपालमा परिवर्तनका लागि जति पनि आन्दोलन भए । त्यसको नेतृत्व सधैं कांग्रेसले गरेको छ । चार÷चार जनता कम्युनिस्ट प्रधानमन्त्री भए । दुई÷दुई पटक संविधानसभाको चुनाव भयो । झन्डै ९ वर्षसम्म कम्युनिस्ट नेतृत्वले बनाउन नसकेको संविधान सुशील कोइराला नेतृत्वमा कांग्रेसले बनायो ।

कम्युनिस्टबाट खोसिन खोजेको लोकतान्त्रिक सिस्ट जोगाउन कांग्रेस सक्षम छ हो ?

कांग्रेसले राणा शासन ढाल्ने बेलामा पनि जनताले साथ लिएका छन् । २००७ सालमा पनि साथ दिएका छन् । २०४६ र २०६२÷६३ सालको आन्दोलनमा पनि जनताले कांग्रेसलाई साथ दिएका छन् । अहिले पनि नेपाली जनताले कांग्रेसलाई भरोसाको रुपमा लिएका छन् । लोकतन्त्र र बहुदलीय व्यवस्थामा कहिलेकाहीं जनताले परिवर्तन चाहन्छन् ।

त्यसको लागि योभन्दा पहिलो निर्वाचनमा जनताले परीक्षण पनि गरे । त्यसबेला कांग्रेसलाई भन्दा पनि कम्युनिस्टहरुका जुन खालका झुठा आश्वसनहरु थिए । जसमा रेल, ग्याँसका पाइलाइन, पानी जहाजलगायत यावत झुठा कुराहरु उहाँहरुले भन्नुभयो । जनताले जसरी परिवर्तन चाहेका थिए । त्यो न भइहाल्छ कि भनेर उहाँहरुलाई मत पनि दिए । फेरि नेपाली कांग्रेस एउटा निर्वाचन हार्दैमा कहीं जाने होइन । भोटको प्याटेन हेर्दा पनि ३७÷३७ प्रतिशत कांग्रेसकै पक्षमा देखिएको छ ।

सबै कम्युनिस्टहरु एकातिर हुँदा पनि र अन्यप्रतिपक्षहरु छुट्टै लड्दा पनि हाम्रो जनमत त्यति ठूलो छ । त्यसकारण आगामी निर्वाचनमा कांग्रेसले बहुत ल्याउँछ । र, जनतालाई पनि अब यो देश जोगाउन कांग्रेस नभइहुँदैन भन्ने भइसकेको छ । यसोभन्दा कांग्रेसले चुपचाप बस्नुपनि हुँदैन । त्यसैको लागि पनि अहिले हामी अगाडि बढिराखेका छौं ।

कांग्रेस पनि मुद्दामा एकजुट छैन, गुटगत रोगले थलिएको छ भनिन्छ नि ?

नेपाली कांग्रेसमा बाहिर हल्ला गरिएजस्तो गुटगत रोग छैन । आन्दोलनका मुद्दामा हामी एकजुट छौं । कांग्रेस भनेको लाखौं जनताको आस्थाको केन्द्र मानिएको पार्टी हो । झन्डै ९ लाख त हामीसँग क्रियाशील सदस्य नै छन् । त्यसले हाम्रो संगठन तल्लोस्तरसम्म पुगेको छ । हाम्रो पार्टीमा लामो अनुभव बटुलेर खारिएका नेताहरु धेरै हुनुहुन्छ ।

लोकतन्त्र पार्टीमा गुटगतभन्दा पनि वैचारिक अन्तरद्वन्द्व त अलिअलि भइहाल्छ नि । त्यो पनि पार्टीको आन्तरिक चुनावमा हुन्छ । त्यो कुरा हाम्रो अभिवेशनले तय गर्छा । त्यो अधिवेशनबाट जसलाई नेतृत्वमा चयन गर्छ । त्यसलाई सबै पार्टी पंत्तिले स्वीकार गर्छा र काममा सहयोग गर्छ ।

त्यसोभए कांग्रेस असंवैधानिक कदम विरुद्ध एकढिक्का भएर लागेको छ ?

त्यसमा दुईमतै छैन सबै एकढिक्का भएर लागेका छन् । त्यसको लागि सभापति शेरबहादुर देउवाको नेतृत्वमा जुन कार्यसमितिले निर्णय गरेको थियो । त्यो आधार र निर्णयलाई हामीले जनता समक्ष पु¥याएका छौं । त्यो निर्णयपछि कुनै नेताहरुले दोहोरो कुरा गर्नुभएको छैन । केन्द्रीय समितिले तय गरेको आधारलाई सबै नेताहरुले जनता समक्षले पु¥याउने काम गरिरहनुभएको छ ।

सरकारका अनियमितता र भ्रष्टाचारलाई कांग्रेसले कसरी लिएको छ ?

कांग्रेसले त यो कुरालाई उठाइरहेको छ, फेरि पनि उठाउँछ । अब जनता पनि त्यति नबुझ्ने छैनन् । कहाँ के भएरहेको छ भन्ने कुरा जनताले घरमा बसीबसी सबै कुरा मोबाइलमा हेर्न सक्छन् । यसलाई अभैm बझाउनको लागि हामीहरु पनि उहाँहरु समक्ष गराखेका छौं । यहीं तीन वर्षको बीचमा कति धेरै अनियमितता भएको छ ।

निर्मला हत्या काण्ड, बालुवाटार जग्गा काण्ड, वाइडबडी काण्ड, यति काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड यी सबै कहाँ गए ? यस्ता हजारौं गल्त, कमीकमजोरी र षड्यन्त्रहरु सरकारले गरेको छ । यसको खोजी कांग्रेसले गर्छ । जनतालाई पनि यी सबै कुरा थाहा छ ।

तपाईं एउटा आशा लाग्दो नेताको हैसियतले भावी योजना के छ ?

म पहिला महासमिति सदस्य पनि थिएँ । स्थानीय सरकार गठन भइसकेपछि नागार्जुन गरपालिकामा नेपाली कांग्रेसको निर्विरोध गनरसभापति चयन भएको हुँ । सबै ठाउँमा चुनाव भएको थियो । तर, मलाई यहाँका साथीभाइहरुले निर्विरोध सभापति बनाउनुभएको हो । त्यहीं ढंगले आगामी महाधिवेशनमा यहाँका युवाहरुलाई कांग्रेसको नेतृत्व तहमा ल्याउने छ ।

नगार्जुन नगारपालिकामा १० वटा वडा छन् । त्यसमा पाँचवटा वडा कांग्रेसले जितेको छ । ती जितेका ठाउँमा युवाहरु नै आउनुभएको छ । यहाँ नेपाली कांग्रेस मेयरलगायत ५ वटा वडा जितेको छ । उपमेयर एकदमै कम भोटले मात्रै हार्नुभएको छ । अल्पमत भएपनि सबैभन्दा बढी विकास निर्माणका कामहरु नगार्जुन नगरपालिकामा भएको छ ।

त्यो काम कांग्रेस पार्टीको समन्वयमा भएको हो । अहिले एक हजारभन्दा बढी क्रियाशील सदस्य थपिनुभएको छ । उहाँहरु सबै ४० मुनिका युवा महिलाहरु हुनुहुन्छ । यसरी पार्टी संगठनलाई चुस्तदुरुस्त पारेर अगाडि बढिरहेका छौं ।

त्यसोभए नागार्जुन नगरपालिकामा विकास निर्माणको काममा समन्वयकारी भूमिका निर्वाह गर्नुभएको छ ?

हामीले यहाँ विकास निर्माणमा ‘वाचडग’ को काम गरेर छौं । यहाँका मेयर मोहनबहादुर बस्नेतले नेपाली नेपाली कांग्रेसबाटै जित्नुभएको हो । त्यसैले उहाँसँग समन्वयकारी भूमिकामा नेपाली कांग्रेसले जे घोषणापत्र बनाएको थियो । त्यो परिपूर्ति गर्नको लागि अहोरात्त खटिरहेका छौं ।

मेयर मोहनबहादुर बस्नेतले पार्टीको निर्देशन अनुसार राम्रो काम गर्नुभएको छ ?


मोहनबहादुर बस्नेतले मेयर जितेर आइसकेपछि कुनै ठाउँमा नभएको काम यहाँ भएको छ । जनताको पक्षमा विकास निर्माणका धेरै भएका छन् । यो नेपाली कांग्रेसका नेताले जितेका कारण भएको हो । बस्नेत एउटा इमानदर सक्षम व्यक्ति हुनुहुन्छ । यहाँका हरेक विकास निर्माणका काम सर्वसम्मत ढंगले अगाडि बढेको छ ।

हामी अल्पमतमा भएपनि प्रतिपक्षको साथसहयोग छ । काम गर्ने इच्छाशक्ति भएको नेतृत्व भयो भने अल्पमत, बहुमत भन्ने हुँदैन सबैले साथ दिन्छन् । हरेक नगरसमितिको बैठक सर्वसम्मत ढंगले निर्णय गरेर अगाडि बढाउनुभएको छ ।

नागार्जुन नगरपालिकाका मेयर प्रतिपक्षको पनि मन जितेर काम गर्न सफल हुनुभएको छ ?

उहाँको कार्यकालमा विकास धेरै काम भएका छन् । त्यसमा सबै वडा अध्यक्षहरुको साथसहयोग रहेको छ । फरक पार्टीबाट चुनाव जितेको भएपनि जनताको काम गर्न सर्वसम्मत गराउन मेयर सफल हुनुभएको छ । अहिलेसम्म कुनै काममा पनि विमति आएको छैन । केदार मानन्धर नेपाली कांग्रेसका युवा नेता तथा नागार्जुन नगरपालिका नगरसमिति सभापति हुन् ।

सम्बन्धित समाचार

फागुन २२ वा २३ गते संसद अधिवेशन बेलाउन सिफारिस गर्ने तयारीमा ओली सरकार
फागुन २२ वा २३ गते संसद अधिवेशन बेलाउन सिफारिस गर्ने तयारीमा ओली सरकार
  • २०७७ माघ ८, १५: २७: २६

नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...

चिनियाँ र भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई
चिनियाँ र भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई
  • २०७७ माघ ८, १५: २७: २६

नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...

मस्तिष्क पक्षघात भएका जोशीको शल्यक्रिया गरी एमआइसीयूमा उपचार हुँदै, अवस्था गम्भीर
मस्तिष्क पक्षघात भएका जोशीको शल्यक्रिया गरी एमआइसीयूमा उपचार हुँदै, अवस्था गम्भीर
  • २०७७ माघ ८, १५: २७: २६

नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...

भर्खरै

TOP