February 25, 2021, Thursday

कांग्रेसद्वारा मुलुकका ६७४३ वडामा बिरोध सभा


नयाँ विकल्प,

नेपाली कांग्रेसले संविधान विपरित प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयबिरुद्ध बिहीबार देशका छ हजार सात सय ४३ वडामा बिरोध प्रदर्शन र सभा सम्पन्न गरेको छ ।

देशका सबै स्थानीय तहमा पार्टीका कार्यकर्ता र आम नागरिकको उत्साहजनक उपस्थितिमा सरकारको असंवैधानिक कदमको बिरुद्ध विरोध प्रदर्शन र सभा सम्पन्न भएको नेपाली कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले बुटवल उपमहानगरपालिका ४ नं वडाले ट्राफिक चौकमा आयोजना गरेको विरोधसभामा बोल्दै कांग्रेसले सरकारको प्रतिनिधिसभा विघटन गर्ने कदम असंवैधानिक भनेर निर्णय गरिसकेकाले सर्वोच्च अदालतबाट जस्तोसुकै फैसला आए पनि निर्णय परिवर्तन नहुने बताए ।

यस्तै केन्द्रीय सदस्य किरण गिरी काठमाडौंको नागार्जुन नगरपालिकाको वडा ७, ९ र १० ले आयोजना गरेको बिरोध कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमले प्रदेश सभा समेत प्रभावित भएको भन्दै संघीयता, गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि कांग्रेसले कसैसँग सम्झौता नगर्ने बताए ।

देशका सबै वडामा भएको विरोध सभामा उपस्थित भएका जनसमुदाय, पार्टीका कार्यकर्ता र शुभेच्छुकप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले धन्यवाद दिएका छन् ।

आजै काठमाडौंको तारकेश्वरका विभिन्न वडामा कांग्रेसको ७ नं क्षेत्रीय सभापतिसहित नेविसंघका नेता शुशिल भट्टले समेत विरोध सभालाई संवोधन गरेका थिए ।

सम्बन्धित समाचार

प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?
प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?
  • २०७७ माघ ८, १७: ४४: ३१

नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...

युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
  • २०७७ माघ ८, १७: ४४: ३१

काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...

इन्डोनेसियामा भारी वर्षाका कारण सुन खानीमा पहिरो
इन्डोनेसियामा भारी वर्षाका कारण सुन खानीमा पहिरो
  • २०७७ माघ ८, १७: ४४: ३१

इन्डोनेसियाको केन्द्रिय प्रान्त सुलावेसीमा रहेको एक सुन खानीमा बुधबार आएको पहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुृको साथै अन्य करिब...

भर्खरै

TOP