February 26, 2021, Friday

भारतद्वारा १० लाख कोभिड १९ खोप नेपाललाई हस्तान्तरण, अग्रपंक्तिका स्वास्थ्यकर्मीलाई खोप लगाइँदै

नयाँ विकल्प,

काठमाडौं – भारत सरकारले नेपालको स्वास्थ्य सेवा तथा अग्रपंक्तिमा खटिएका कर्मचारीहरुको तत्काल आवश्यकताको लागि बिहीबार नेपाललाई भारतमा उत्पादित १० लाख कोभिड–१९ खोप उपहारस्वरुप प्रदान गरेको छ ।

उक्त खोप नेपाल सरकारको आग्रहमा भारतले उपलब्ध गराएको हो । गत साता माघ २ गते नयाँ दिल्लीमा दुई राष्ट्रका परराष्ट्रमन्त्रीको अध्यक्षतामा सम्पन्न भारत–नेपाल संयुक्त आयोगको छैटौं बैठकमा यस बारे छलफल भएको थियो ।

उक्त खोप बिहीबार बिहान विमानस्थलमा आए लगत्तै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र नेपालका स्वास्थ्य मन्त्री ह्दयेश त्रिपाठीले ग्रहण गरेका थिए

बिहीबार हवाईमार्ग मार्फत आएको सो भ्याक्सिन दिउँसो नै प्रधानमन्त्री कार्यलयमा आयोजित एक समारोहमा राजदूत क्वात्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक रुपमा हस्तान्तरण गरे ।

सो अवसरमा प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप अनुदान स्वरुप उपलब्ध गराएकोमा भारतका प्रधानमन्त्रीलाई धन्यवाद दिँदै यस्ता उपहार सधैँ विशेष हुने र संकटको घडीमा उपहारको रुपमा खोप उपलब्ध गराउनुले पनि यसको थप महत्व रहेको बताए ।

यसअघि भारतले खोप वितरण, खोप सम्बन्धि प्रशासनिक एवम् संचालनका पक्ष, कोल्ड चेन र सम्पर्क तथा तथ्यांक व्यवस्थापनका लागि मानव संसाधन तालिम दिएको थियो । नेपालमा यस्ता खोपको निशुल्क वितरणले महामारी विरुद्ध मानवताको लडाईलाई सघाउ पु¥याउन भारतको खोप उत्पादन तथा वितरण क्षमतालाई प्रयोग गर्ने प्रधानमन्त्री नरेन्द्र मोदिको प्रतिबद्धतालाई पूर्णता दिएको छ ।

‘छिमेकी पहिलो’ नीति अनुरुप भारतले नेपाललाई उक्त सहयोग अघि बढाएको हो । महामारीको सुरु भए यता भारतले नेपाललाई हाइड्रोक्लोरोक्वीन, आरटी पीसीआर परीक्षण किट, आइसीयु भेन्टिलेटर, रेमडेसिभिर औषधी र एम्बुलेन्स उपलब्ध गराई निरन्तर सहयोग गरिरहेको छ ।

भारत सरकारले उलवब्ध गराएको सो खोप नेपालको स्वास्थ्य सेवा तथा अग्रपंक्तिमा खटिएका कर्मचारीहरुको तत्काल आवश्यकताको लागि प्रदान गरिएको हो । राजदूत क्वात्राले खोपको आगमनले कोभिड–१९ अन्त्यको सुरुवात हुने आशा व्यक्त गरे ।

राजदूत क्वात्राले कोभिड भाइरसलाई परास्त गर्न नेपालका जनताले चालेका प्रयासमा भारत कटिबद्घ रहेको बताए । स्वास्थ्य मन्त्री त्रिपाठीले दुवै देशमा एक साथै खोप वितरण गर्नका लागि नेपालमा पनि समयमै उपलब्ध गराइएको बताए ।

सम्बन्धित समाचार

फागुन २२ वा २३ गते संसद अधिवेशन बेलाउन सिफारिस गर्ने तयारीमा ओली सरकार
फागुन २२ वा २३ गते संसद अधिवेशन बेलाउन सिफारिस गर्ने तयारीमा ओली सरकार
  • २०७७ माघ ९, १२: ४४: ४७

नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...

चिनियाँ र भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई
चिनियाँ र भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई
  • २०७७ माघ ९, १२: ४४: ४७

नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...

मस्तिष्क पक्षघात भएका जोशीको शल्यक्रिया गरी एमआइसीयूमा उपचार हुँदै, अवस्था गम्भीर
मस्तिष्क पक्षघात भएका जोशीको शल्यक्रिया गरी एमआइसीयूमा उपचार हुँदै, अवस्था गम्भीर
  • २०७७ माघ ९, १२: ४४: ४७

नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...

भर्खरै

TOP