वाग्मती प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा सञ्चालनमा रहेको हेटौँडाबाट भीमफेदी–देउराली हुँदै–कुलेखानी सडकखण्डअन्तर्गतको निर्माणाधीन आयोजना क्षेत्रमा यही माघ १० गतेदेखि दुई दिनका लागि सवारी साधन आवतजावतमा रोक लगाइने निर्णय भएको छ ।
सडक स्तरोन्नतिका लागि आयोजना निर्माण क्षेत्रमा आगामी चैत १० गतेसम्म आयोजनाका सवारी साधनबाहेक सबै सवारी साधन आवतजावतमा रोक लगाइने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । यातायात पूर्वाधार निर्देशनालय वाग्मती प्रदेश हेटौँडाअन्तर्गत सो आयोजना विस्तार तथा स्तरोन्नतिका लागि निमार्णाधीन क्षेत्रमा आयोजना प्रयोजनबाहेकका सबै सवारी साधन आवतजावतको रोक लगाउने निर्णय भएको हो ।
तोकिएको समयमा गुणस्तरीय निर्माण कार्य गर्नुपर्ने भएकाले विभिन्न सरोकारवाला (यातायात पूर्वाधार निर्देशनालय) सुरक्षा निकाय, निर्माण व्यवसायी, पत्रकार महासङ्घका प्रतिनिधिबीच भएको छलफलपश्चात् सो निर्णय भएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । वाग्मती प्रदेश सरकारको आर्थिक लगानीमा भीमफेदी–देउराली हुँदै कुलेखानीसम्मको १५ किलोमिटर सडक स्तरोन्नति कार्य भइरहेको छ ।
कूल ३५ करोडको लगानीमा आगामी विसं २०७८ असार मसान्तसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको यातायात पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक डा सहदेवबहादुर भण्डारीले जानकारी दिनुभयो । सो निमार्णाधीन आयोजना क्षेत्रमा अन्य सवारी साधन आवतजावत रोक लगाई सवारी साधन आवतजावतका लागि अन्य वैकल्पिक रुट प्रयोग गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । रासस
काठमाडौं–प्रतिभाशाली युवा कलाकार बिज्ञान र मोडेल गरिमा शर्माको दमदार अभिनय रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘ुमैना’ डिजिटल बजारमा सार्वजनिक भएको...
नयाँ विकल्पकाठमाडौं–काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा हुने मानव बेचबिखनसँग सम्बन्धित गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि तयार गर्ने भएको छ...
नयाँ विकल्परसुवा–चौँरीगाईको दूधबाट उत्पादित चिजको खपतमा कमी आएको छ । कोभिड–१९ सङ्क्रमण बढेसँगै गोसाइँकुण्डको धार्मिकमार्गअन्तर्गत चन्दनबारीको चिज उत्पादन केन्द्रमा चौँरीगाईको...