March 3, 2021, Wednesday

बागमतिमा नेतृत्व र १ नम्वर प्रदेशमा सरकारबिरुद्ध उभिने पक्षका कांग्रेस


नयाँ बिकल्प,
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड– माधवकुमार नेपाल गरी दुई समूहमा विभाजन भएसँगै १ नम्वर प्रदेश र वागमती प्रदेश सरकार संकटमा परेका छन् ।

सात वटा प्रदेशमध्ये ६ वटा प्रदेशमा सत्तारुढ नेकपाको नेतृत्वमा प्रदेश सरकार छ । सूदुरपश्चिम र कर्णाली प्रदेशमा दाहाल– नेपाल समूहका मुख्यमन्त्री त्रिलोचन भट्ट र महेन्द्रबहादुर शाहीले प्रदेश सरकारको नेतृत्व गरेका छन् भने वाँकी चार वटा प्रदेशमा ओली समूहका मुख्यमन्त्रीले प्रदेश सरकारको नेतृत्व गरिरहेका छन् ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल सत्तारुढ नेकपा भित्र अल्पमतमा परेका छन् । ओली निकटका मुख्यमन्त्री राई र पौडेललाई अहिले दाहाल– नेपाल समूहका बहुमत सांसदले प्रदेश संसदीय दलबाट हटाई सकेका छन् ।

ओली निकट मानिएका बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलबिरुद्ध बागमती प्रदेश संसद सचिवालयमा गत पुस १० गते दर्ता भएको अविश्वासको प्रस्तावमाथि आगामी माघ १९ गते बस्ने प्रदेश सभाले छलफल अघि बढाई टुंग्याउने पक्रिया अघि बढाएको छ ।

उता बहुमत प्रदेश सभा सदस्यले संसदीय दलबाट मुख्यमन्त्री राईलाई हटाए पनि उनले दाहाल –नेपाल समूहका प्रदेश सभा सदस्यलाई निलम्बन गरेपछि समस्या जटिल बनेको छ । प्रदेश १ को संसद सचिवालयले बिबाद निरुपण गर्न वाँकी नै छ ।

प्रदेश १ र बागमति प्रदेश दुवैमा ओली निकटमा मुख्यमन्त्री अल्पमतमा परेपनि सत्तारुढ नेकपा भित्रकै दाहाल – नेपाल समूह एक्लैले प्रदेश सभामा बहुमत पुर्याउने अवस्था छैन् । दुवै प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश सभासद्को भूमिका निर्णायक देखिएको छ ।

सत्तारुढ दलमा देखिएको किचलो र भाँडभैलोका कारण एक सय १० सदस्य रहेको बागमति प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुख्यमन्त्रीको दाबी गरेको छ । यहाँ कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आफूलाई मुख्यमन्त्री दिनु पर्ने प्रस्ताव सत्तारुढ नेकपाका दुवै पक्षसँग राखिसकेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकटका बागमपति प्रदेश संसदीय दलका नेता वानियाँले सम्भव भए आफै मुख्यमन्त्री हुने र नभएमा दाहाल–नेपाल पक्षलाई समर्थन गर्ने रणनीति अघि सारेका छन् ।

सत्तारुढ दल नेकपा भित्र देखिएको बिबादमा प्रमुख प्रतिपक्षी दलको भूमिका अत्यावश्यक भएपछि सभापति शेरबहादुर देउवाले माघ ९ गते शुक्रबार आफ्नै निवास बुढानिलकण्ठमा बोलाएको पार्टी केन्द्रीय पदाधिकारी र बागमति प्रदेशका केन्द्रीय सदस्यहरुसँग राय र सल्लाह लिएका छन् ।

कांग्रेस पदाधिकारी र बागमति प्रदेशका केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरी असंवैधानिक कदम चालेको र त्यसका बिरुद्ध सडक संघर्ष गरेकाले ओलीले नेतृत्व गरेको समूहलाई प्रदेशमा समर्थन गर्न नहुने धारणा राखेका थिए ।

अधिकांस पदाधिकारी र केन्द्रीय सदस्यहरुले केन्द्रीय कार्यसमितिले गरेको निर्णयसँग नबाझिने गरी प्रदेशको बस्तुस्थिति र आवश्यकतालाई ध्यानमा राख्दै प्रदेश संसदीय दल आफैले एउटा निष्कर्षमा पुग्नु उपयुक्त हुने गरी केन्द्रीय कार्यसमितिमा सिफारिस गर्नु पर्ने राय सुझाव दिएका थिए ।

केन्द्रीय सदस्य किरण गिरीका अनुसार संघीयतामा बिश्वास गर्ने पार्टी भएकाले प्रदेश संसदीय दलले पार्टीको नीति सिद्धान्त र केन्द्रीय कार्यसमितिको निर्णय अनूकुल हुने गरी आफै निष्कर्षमा पुग्नु पर्ने सभापति देउवाको धारणा रहेको बताएका थिए ।

११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा सत्तारुढ नेकपाको बहुमत भए पनि मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव पारित हुन ५६ सांसद आवश्यक पर्छ । तर दाहाल – नेपाल समूहमा ४५ जना मात्र सांसद छन् ।

बगमति प्रदेशमा कांग्रेसका २२ जना, विवेकशील साझाका तीन, र राप्रपा तथा नेमकिपाका २–२ जना सांसद छन् ।

यता ओली निकटका मुख्यमन्त्री शेरधन राई प्रदेश १ मा अल्पमतमा परेका छन् । ९२ सदस्य रहेको यो प्रदेशमा दाहाल – नेपाल समूह एक्लैले सभामा बहुमत पुर्याउन नसक्ने भएपछि विपक्षी कांग्रेसको सहायता जरुरी देखिन्छ ।

नेपाली कांग्रेसको प्रदेश १ का संसदीय दलका नेता राजिप कोइरालासहित प्रदेश .१बाट प्रतिनिधित्व गर्ने कांग्रेस केन्द्रीय सदस्य र पदाधिकारीबीच माघ ७ गते सभापति देउवाको निवासमा छलफल भइसकेको छ ।

सो छलफलमा समेत अधिकांस केन्द्रीय सदस्यहरुले प्रदेश सभामा ओली समूहलाई भन्दा तुलनात्मक रुपमा बलियो देखिएको ओलीलाई नसघाउने बरु दाहाल नेपाल पक्षलाई नैं सघाउनु पर्ने सुझाव आएको थियो । प्रदेशका अधिकांस सभासद्ले पनि ओली निकटका मुख्यमन्त्रीलाई हटाउनु पर्ने धारणा राखेका थिए ।

प््देश १ मा कांग्रेस आफलैले मुख्यमन्त्रीको दाबी नगरे पनि राई नेतृत्वको प्रदेश सरकार ढाल्न दाहाल नेपाल पक्षलाई समर्थन गर्ने पक्षमा कांग्रेस रहेको छ ।

यसरी दुवै प्रदेशमा कांग्रेसका प्रदेश सभासद र केन्द्रीय सदस्यहरु ओली समूहलाई भन्दा दाहाल नेपाल समूहलाई सहयोग र समर्थन गर्ने पक्षमा छ ।

सम्बन्धित समाचार

डोको–डालो बनाएरै आम्दानी गर्दै महिला
डोको–डालो बनाएरै आम्दानी गर्दै महिला
  • २०७७ माघ १०, १७: ३०: १२

नयाँ विकल्प नवलपरासी- बाँसको चोया काटेर महिलाले डोको–डालो बुन्छन्भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । समुदायमा विशेषगरी पुरुषले मात्रै डोको–डालो बुन्ने...

झापामा ब्राउनसुगरसहित दुई जना पक्राउ
झापामा ब्राउनसुगरसहित दुई जना पक्राउ
  • २०७७ माघ १०, १७: ३०: १२

नयाँ विकल्प झापा- मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट लागुऔषध ब्राउनसुगरसहित मङ्गलबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर...

प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै
प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै
  • २०७७ माघ १०, १७: ३०: १२

नयाँ विकल्प, काठमाडाैं- संसद बैठक र सरकार गठनबारे रणनीति तय गर्न नेकपाको प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बाेलाएकाे छ ।...

भर्खरै

TOP