February 25, 2021, Thursday

आज प्रचण्ड-नेपाल पक्ष स्थायी कमिटी बैठक,ओलीलाई साधारण सदस्यबाटै हटाउने तयारी


नयाँ विकलप
काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ। आज मध्यान्ह १२ बजे स्थायी कमिटी बैठक बस्न लागेको हो।

आज मध्यान्ह १२ बजे पेरिसडाँडामा स्थायी कमिटी बैठक बस्नेछ। स्थाइ कमिटीकाे बैठक बस्नु अघि शनिबार पदाधिकारीहरू अनौपचारिक रूपमा छलफलमा भएकाे थियाे ।आज बस्ने स्थायी कमिटीका एजेन्डाबारे उक्त बैठकमा छलफल भएको थियो। प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टिकरण सोधेको थियो।

ओलीले जवाफ भने दिइसकेका छैनन्। प्रचण्ड-नेपाल पक्षले यसअघि ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको थियो। स्पष्टिकरण नदिएमा पार्टीको साधारण सदस्य हटाउने निर्णय स्थायी कमिटीले गर्ने एक नेता बताउँछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित छ। कानुनी रूपमा नफुटे पनि ओली र प्रचण्ड-नेपाल गरी दुई समूहले भिन्नभिन्न कार्यक्रम जारी राखेका छन्।

सम्बन्धित समाचार

विघटनबिरुद्ध अन्तरिम आदेश नदिएकाले अदालतको आदेश पर्खौं भनेको हुँ – देउवा
विघटनबिरुद्ध अन्तरिम आदेश नदिएकाले अदालतको आदेश पर्खौं भनेको हुँ – देउवा
  • २०७७ माघ ११, १०: ४१: २४

नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्ध सर्वोच्च अदालतमा परेको...

ओली पक्षकाे बालुवाटार भेलाः   ताेकिएकाे समयमा भित्र संसद बैठक बाेलाउने निर्णय
ओली पक्षकाे बालुवाटार भेलाः ताेकिएकाे समयमा भित्र संसद बैठक बाेलाउने निर्णय
  • २०७७ माघ ११, १०: ४१: २४

नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सर्वोच्च अदालतको संसद पूर्नस्थापनागर्ने निर्णयको सम्मान गरेको छ ।...

प्रतिनिधिसभा पुनर्स्थापनापछि देउवासँग प्रचण्ड–माधवको  छलफल
प्रतिनिधिसभा पुनर्स्थापनापछि देउवासँग प्रचण्ड–माधवको छलफल
  • २०७७ माघ ११, १०: ४१: २४

नयाँ विकल्प काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र...

भर्खरै

TOP