नयाँ विकल्प
काठमाडौं – निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहको माग दाबीलाई अस्वीकार गरेको छ । आइतबार साँझ बसेको निर्वाचन आयोगको बैठकले नेकपाको दुवै समूहको माग दाबी नपुगेको निष्कर्षसहित नेकपा विभाजनले मान्यता नपाउने निर्णय गरेको हो । आयोगले नेकपाको प्रचण्ड–नेपाल र केपी ओली समूहले गरेका निर्णयलाई मान्यता नदिने निर्णय गरेको हो ।
नेकपाका दुवै पक्षबाट दल विभाजको विवरण नभइ ऐनको दफा ५१ अनुसार विधान परिवर्तन, पदाधिकारी हेरफेर, कारबाही गरिएको लगायतका विवरणका विषयमा आयोगलाई जानकारी दिएका थिए । नेकपाको दुवै पक्षबीच दलको नाम, विधान, झण्डा वा चिह्न, दलको पदाधिकारी, केन्द्रीय समिति वा निर्णयको आधिकारिकताका विषयमा विवाद छ ।
तर आयोगले अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) नेकपाको नेतृत्वमा कायम रहेको जनाएको छ । यो निर्णयसँगै नेकपा विभाजन कानुनीरुपमा तत्कालका लागि रोकिएको छ । निर्वाचन आयोगको यस निर्णयप्रति प्रचण्ड–माधव समूहमध्ये असन्तुष्ट देखिएको छ ।
नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...
नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...
नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...