February 26, 2021, Friday

बागमती प्रदेश लोक सेवा आयोगले १ सय ४९ अधिकृत माग्यो


नयाँ विकल्प,
काठमाडौं – बागमती प्रदेश लोक सेवा आयोगले प्रदेश भित्रका स्थानीय तहहरुको लागि एक सय ४९ जना शाखा अधिकृतको लागि खुल्ला प्रतिष्पर्धाबाट छनोट गर्ने भएको छ ।

प्रदेश लोक सेवा आयोगले निजामती सेवाको प्रशासन तर्फ ६७ जना र प्राविधिकतर्फ ८२ जना नयाँ कर्मचारी माग गरेको छ । बागमति प्रदेश भित्र पर्ने १३ जिल्लाका स्थानीय तहमा आवश्यक पर्ने प्रसासन सेवा सामान्य प्रशासन समूहको ६तहको लागि ६७ जना कर्मचारी भर्ना गर्न लागेको हो ।

प्रशासनतर्फ प्रदेश लोकसेवा आयोगले ४४ जना खुल्ला, ११ जना महिला २ जना आदिवासी जनजाति तथा दलित र मधेशीतर्फ १–१ जना छैठौं तहका प्रसाशनतर्फ मागेको छ भने लेखा समूहमा ६र लेखापरिक्षण सेवामा २ जना कर्मचारी माग गरेको छ ।

यस्तै प्राविधिक तर्फ कृषि, इञ्जिनियरिङ, शिक्षा र आर्थिक योजना तथा तथ्याङ सेवाको प्राविधिक पदमा ८२ जना कर्मचारी माग गरेको छ ।

प्रदेश लोकसेवा आयोगले मागरेको पदमा दरखास्त बुझाउन एक हजार दुुइ सय रुपैयाँ खर्च लाग्ने बताइएको छ ।

आयोगले चैत १४ गतेबाट चैत ३० गतेसम्म लिखित परिक्षा मकवानपुर बहुमुखी क्याम्पस, भुुटनदेवी माध्यमिक विद्यालय र आधुनिक माध्यमिक विद्यालय हेटौंडामा हुने मिति र स्थान तोकेको छ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीलाई मस्तिष्कघात, नर्भिकमा भयो शल्यक्रिया
नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीलाई मस्तिष्कघात, नर्भिकमा भयो शल्यक्रिया
  • २०७७ माघ १२, १२: २७: ५२

नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । बिहीबार राति शरिरको वायाँ भागमा समस्या...

फार्मेसीको मुद्दा मिलाइ दिने भन्दै घुस लिने पक्राउ
फार्मेसीको मुद्दा मिलाइ दिने भन्दै घुस लिने पक्राउ
  • २०७७ माघ १२, १२: २७: ५२

नयाँ विकल्पमोरङ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ गरेको...

नेपाल–भारत सीमामा हुने विभिन्न गतिविधि नियन्त्रण कम गर्नका लागि बैठक सम्पन्न
नेपाल–भारत सीमामा हुने विभिन्न गतिविधि नियन्त्रण कम गर्नका लागि बैठक सम्पन्न
  • २०७७ माघ १२, १२: २७: ५२

नयाँ विकल्पबैतडी–नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न भएको...

भर्खरै

TOP