February 27, 2021, Saturday

राष्ट्रिय भारत्तोलन प्रतियोगिता फागुनको अन्तिममा हुँदै

राजविराज । स्व देवसुन्दर स्मृति प्रथम राष्ट्रिय भारत्तोलन प्रतियोगिता यही फागुनको अन्तिम सातादेखि राजविराजमा आयोजना हुने भएको छ ।

भारत्तोलन सङ्घ सप्तरीका अध्यक्ष महेशप्रसाद यादवका अनुसार प्रतियोगितामा सातवटै प्रदेश तथा सेना, सशस्त्र र नेपाल प्रहरीका तीनवटै विभागीय टिमका झण्डै १५० महिला तथा पुरुष खेलाडीको सहभागिता रहने गरी प्रतियोगिता हुने बताए ।

प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न प्रचारप्रसार, आर्थिक सङ्कलन, फिल्ड व्यवस्थापन, स्वागत लगायत विभिन्न उपसमितिसमेत गठन गरिएको सङ्घका सचिव गोपाल गुप्ताले बताए ।

सप्तरीका पुराना भारत्तोलन खेलाडी एवं रेफ्री राजविराज–९ निवासी स्व देवसुन्दर यादवको स्मृति एवं सम्मानमा नेपाल भारत्तोलन सङ्घ सप्तरीले सो प्रतियोगिताको आयोजना गर्न लागेको हो । सप्तरीका चर्चित भारत्तोलन खेलाडी यादवको २०७६ कात्तिक १४ गते निधन भएको थियो ।

सम्बन्धित समाचार

फागुन २२ वा २३ गते संसद अधिवेशन बेलाउन सिफारिस गर्ने तयारीमा ओली सरकार
फागुन २२ वा २३ गते संसद अधिवेशन बेलाउन सिफारिस गर्ने तयारीमा ओली सरकार
  • २०७७ माघ १२, १४: ४४: ००

नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...

चिनियाँ र भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई
चिनियाँ र भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई
  • २०७७ माघ १२, १४: ४४: ००

नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...

मस्तिष्क पक्षघात भएका जोशीको शल्यक्रिया गरी एमआइसीयूमा उपचार हुँदै, अवस्था गम्भीर
मस्तिष्क पक्षघात भएका जोशीको शल्यक्रिया गरी एमआइसीयूमा उपचार हुँदै, अवस्था गम्भीर
  • २०७७ माघ १२, १४: ४४: ००

नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...

भर्खरै

TOP