June 21, 2021, Monday

किन मर्यादा भुल्दैछन् प्रधानमन्त्री ओली ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उखान टुक्का मिश्रित भाषण गर्न माहिर छन् । नेकपा अनौपचारिक फुटको अवस्थामा पुगेका बेला ओलीको उखान टुक्कासंगै लाञ्छना लगाउन थालेका छन् ।

नेकपाका नेता भिम रावल र योगेश भट्टराइलाई केटो शब्द प्रयोग गरिएको प्रति समाजिक सञ्जालमा आलोचना संगै एक किसिमको ट्रोल नै बनेको छ ।

विपरित गुटका नेतामाथी लगातार आक्रमक अभिव्यक्ति दिदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन सम्बन्धी विचाराधिन मुद्दामा समेत बारम्बार प्रभावित पार्ने गरि अभिब्यक्ती दिदै आएका छन् ।

आफै प्रतिवादी रहेको मुद्दामा संसद पुर्नस्थापना हुदैछ भन्दै आउनु विचाराधीन मुद्दामा सर्वाेच्च अदालतको अवहेलना भएको संवैधानिक चौतर्फी आलोचना भैरहेका बेला शुक्रबारको संवैधानिक इजलासमा समेत प्रश्न उठाईएको छ ।

आइतबारको संवैधानिक इजलासमा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले अदालतको अपहेलना भएको भन्दै प्रश्न उठाए । उनले प्रधानमन्त्रीका अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै इजलासलाई ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्रीले अदालत र वकिलबारे दिएका अभिव्यक्ति रोक्न पनि उनले माग गरे ।
त्रिपाठीको कुरा सुनेपछि इजलासको नेतृत्व गरिरहेका प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणाले बजारमा कसले के हल्ला गर्छन् भन्ने अदालतले नसुन्ने भन्दै प्रधानमन्त्रीको अभिब्यक्ती प्रति वेवस्था गरे ।

प्रधानन्यायाधीश राणाले भने ‘बजारका हल्ला सुन्दैनौं’ भन्दै इजलासमा उठेको प्रश्नको प्रतिवाद गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिनिधि सभा विघटन मुद्दामा सुनुवाइ गरिरहेको वेला प्रधानन्यायाधीस चोलेन्द्र शम्सेर राणाल बजारमा को को हल्ला गरे भनेर नहेरिने बताए । राणाले त्रिपाठीको प्रश्नको जवाफ दिदै अदालतमा विचाराधिन रहेको मुद्दामा पक्ष–विपक्ष र बारे आफ्ना धारणा राख्दै हिँडेका छन् । हामीले कसैको कुरा सुन्दैनौं ।’

यसअघि प्रधानमन्त्री ओलीले गएको शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ९५ वर्षीय बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भन्दै व्यंग्य गरेका थिए ।

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति
प्रधानमन्त्री केपी ओलीको पहिलो कटाक्ष नेपाली पत्रकारीता प्रति थियो । राष्ट्रपति र प्रधानमन्त्रीलाई ‘तिमी’ भनेर सम्बोधन गरेकोमा ओलीले पत्रकारको आलोचना गर्दै आएका छन् । तर, पछिल्लोपटक त उनले ‘पत्रकार नर्कमा जान्छन’ सम्म भन्न भ्याए ।

प्रेस संगठनको राष्ट्रिय भेलालाई बिहीबार सम्बोधन गर्दै ओलीको टिप्पणी थियो, ‘जब मान्छे स्वार्थमा चल्छ, जब मान्छेले आत्मा बेच्छ, त्यसपछि नर्कमा गइसकेपछि फर्किनै सक्दैन, ज्युँदै नर्कमा जान्छ । के गर्ने त्यसलाई त निकाल्नै सकिँदैन ।, ऊ त्यहाँबाट निस्किनै सक्दैन ।’ पार्टीमा आबद्ध पत्रकारहरूलाई उनको भनाइ थियो ।

‘तर, म फेरि भन्छु, सत्यमेव जयते । त्यस्ता खालको पीत पत्रकारिता आफैँ खेर जान्छ । किनभने पीत पत्रकारितासँग जुध्ने, पत्रकारिताको धर्म फलाउने, फुलाउने तपाईंहरूको जस्तो समूह पनि छ । जो, देश, जनता, लोकतन्त्र र सत्यको पक्षमा लड्छ ।’ ओलीले मिडिया जगतले आदरार्थी (तपाइ–हजुर) नभनेको भन्दै नेपाली मिडियाका सम्पादकहरूलाई मुटु नभएको भन्दै व्यङ्ग गरेका थिए ।

पछिल्लो समय आफ्ना विरोधीलाइ प्रधानमन्त्री ओलीले मर्यादा विर्सेर अमर्यादीत अभिब्यक्ती दिदै अपमानीत गर्दै आएका छन् । राजनीतिक प्रतिस्पर्धी मात्र होइन, पूर्वप्रधानन्यायाधीश र वरिष्ठ अधिवक्ताहरू, प्रोफेसर र बुद्धिजीवीहरू, लेखक तथा पत्रकारहरूलार्ई प्रधानमन्त्रीले अवहेलना गर्दै आएका छन् ।

शुक्रबार वरिष्ठ अधिवक्ता कृृष्णप्रसाद भण्डारीले प्रतिनिधिसभा विघटनविरुद्ध पैरवी गरेपछि उनले गरेको बहसमाथि व्यंग्य गर्दै शुक्रबार ओलीले भने, ‘एकजना बाजे वकिलले सर्वाेच्चमा तमासा देखाएको बताए । उनले अधिवक्ताहरूलाई दुर्मुखाको संज्ञा दिएका छन् ।

२६ पुसमा राष्ट्रिय सभामा उनले यसो भनेका थिए, ‘नेपालका केही कानुनविद्माथि दया लागेर आउँछ । केही दुर्मुखाहरू गणतन्त्रको सर्वोेच्च संस्था, राष्ट्रको गरिमामय सर्वोच्च संस्थाको मानमर्दनमा लागेका छन् । तिनीहरू गणतन्त्रविरोधी हुन भनेका थिए ।

ओलीले अधिवक्तामाथि मात्र होइन, पूर्वप्रधानन्यायाधीशहरूमाथि पनि व्यक्तिगत स्तरमा टिप्पणी गरे । एकपटक अदालतमा जागिर खाएको केही मान्छेले अहिले पनि जागिरमै छु जसरी यस्तो हुन्छ र उस्तो हुन्छ भनेर बोल्छन् । अहिले केही अजासु (अति जान्ने सुन्ने) निस्किएर संवैधानिक इजलासबाट हुँदैन भनेर सडकबाटै फैसला दिन खोजिरहेका छन् ।

१५ पुसमा सुदूरपश्चिमका कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै ओलीले माधव नेपाल प्रचण्डका मामुली कार्यकर्ता भएको बताए । धनगढीको सभामा नेकपा नेता भीम रावलमाथि कटाक्ष गर्दै ओलीले भने, ‘अछामको एउटा केटो, म जेल बस्या वेला बाटामा हिँड्दाहिँड्दै पुलिसले समातेर ल्याएछ । भेटाएर मैले राजनीतीकरण ग¥या थिएँ ।

अहिले त कुराकानी सानातिना छैनन् । मान्छेभन्दा कुरा ठूला छन् । नानीभन्दा नाना ठूलो, मान्छेभन्दा कुरा ठूलो । नाम भन्नुपर्दैन, तपाईंले चिन्नुहुन्छ । यस प्रदेशको विकासको समस्या हुन्, ती मान्छे । अब त्यो समस्याको समाधान भएको छ, भन्ने विवादास्पद र कपोकल्पित अभिव्यक्ति दिएका थिए ।

नेकपा प्रचण्ड माधव समुहमा रहेका नेता घनश्याम भुसाल र योगेश भट्टराईले ओलीलाई छाडेपछि योगेशलाई बैगुनी केटो भन्ने गरेका छन् ।

ओलीले नेकपा नेता योगेश भट्टराईप्रति कटाक्ष गर्दै दौडीदौडी ताप्लेजुङ पुगेर भोट मागेको, चुनाव जिताएको, मन्त्रीसम्म बनाएको भएपनि आफु विरुद्व लागेको भन्दै भट्टराईलाइ भने ।
ओलीले भने ‘केटालाई जिताएर पठाउनुस्, मन्त्री बनाएर पठाइदिन्छु भनेँ, भोट मागिदिएँ, मन्त्री पनि बनाइयो । एक दिन त पुक्क लात्ताले हानेर भाग्यो ।

कोभन्दा त उही केटो ।’ ओलीले माओवादी जनयुद्धलाई ‘कुहिएको फर्सी’ को संज्ञा दिदै आएका छन् । पूर्व माओवादी समुहका नेता रामबहादुर थापा, टोपबहादुर रायमाझी मणी थापा, लेखराज भट्टलाई समेत अपमानित गर्दै आएका छन् । मुलुकको कार्यकारी प्रमुखबाटै यस्तो तुक्ष अभिब्यक्ति आउनु अशोभनिय भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचना भैरहेको छ ।

सम्बन्धित समाचार

१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
  • २०७७ माघ १३, ११: ०८: ११

नयाँ विकल्प, काठमाडाैं-गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजीको) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको...

ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
  • २०७७ माघ १३, ११: ०८: ११

नयाँ बिकल्प, काठमाडौंः पार्टीको ह्वीप उलंघन गरेको भन्दै कारबाहीमा परेका जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशसभाका चार सांसदको मुद्दा अब...

के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
  • २०७७ माघ १३, ११: ०८: ११

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवशेन आगामी भदौ १६ देखि १९...

भर्खरै

TOP