February 28, 2021, Sunday

सोचेजस्तो राजकुमारको खोजीमा छु

नेपाली सांगीतिक फाटमा उदीयमान गायिका हुन् विद्या तिवारी । उनी विशेषतः आधुनिक गायिकाको रुपमा परिचित छन् । ‘भ्वाइस अफ नेपाल’ अन्तर्गत ‘रियलिटी शो’को ‘सिजन फस्ट’मा सहभागी भई ‘सेमिफाइनल’सम्म पुग्नुभएकी विद्या ‘नेपाल आइडल २०७६’ को पनि ‘टप १८औं’ हुन् ।

नोवेल कोरोना भाइरस (कोभिड–१९) को माहामारीका कारण मुलुकमा जारी ‘बन्दाबन्दी’ तथा ‘निषेधाज्ञा’को अवधिमा समेत गीत रेकर्डिङमा नै लागिरहेकी उनी हाल भने निकै व्यस्त देखिन्छिन् ।

दर्शक, स्रोतामाझ दर्जनौ गीत पस्किइसकेकी मिठो स्वरकी धनी लोकप्रिय गायिका विद्यासँग सांगीतिक यात्राबारे गरिएको कुराकानीः

सांगीतिक यात्राको सुरुवात कसरी भयो ?
स्कुल अध्ययनकै क्रममा २०६४÷०६५ तिर विद्यालयस्तरीय गायन प्रतियोगितामा भाग लिएँ । त्यहाँ मैले स्व. भक्तराज आचार्यको ‘कहाँ छन् वुद्धका आँखा…’ बोलको गीत गाएँ ।

निर्णायकहरू राजु सिंह, देविका वन्दन र रामकृष्ण ढकाल हुनुहुन्थ्यो । उहाँहरूले मलाई ‘जादुमय स्वरकी धनी’ भनेर सर्वोत्कृष्ट घोषणा गर्नुभयो । एसएलसी पास भएलगत्तै मैले गितारको प्रशिक्षण लिएँ । त्यसपछि गायक लाल श्रेष्ठसँग गायन सिकें ।

२०६७÷०६८ सालमा हेटौंडामा आयोजित ‘खोजि प्रतिभाको’ कार्यक्रममा सहभागी हुँदा गायक स्वरुपराज आचार्यको ‘सायद मायामा फसेंकी…’ बोलको गीत गाएँ । सुरेश अधिकारी, रामकृष्ण ढकालसहितको निर्णायक मण्डलले मेरो गायकीलाई उत्कृष्ट ठह¥याउनुभयो ।

यत्तिकैमा काठमाडौं आएर २०७१ सालमा रेडियो नेपालमा ३ महिने ‘भोकल क्लास’ लिएँ । त्यसलगत्तै प्रमोद प्रसाईंसँग ‘क्लासिकल म्युजिक’ को प्रशिक्षण पनि लिएँ । त्यसपछिका दिनमा स्वदेश–विदेशमा हुने साँस्कृतिक कार्यक्रमहरूमा सहभागी हुने अवसर जुट्यो ।

अहिलेसम्म तपाईंले गायका चर्चित गीत ?
मैले गायका चर्चित गीतहरूमा ‘पिच रोड…’, ‘घाममा सुकाइदेऊ…’, ‘तीनपाते…’, ‘झुम्का…’, ‘डलर…’, ‘मनको ढोका…’, ‘सि इज अ बिट साई…’, ‘गन्तव्य…’ (मुभी गित, डमरुको डण्डीबियो), ‘भोगाई जीवनको…’ (रिकेश गुरुङको), ‘आफ्नो पार्टी जिताइदेऊ…’ (सेन्टी आइटम, प्रमोद खरेलसँगको), ‘हेल्लोआई…’, ‘मेरो देश…’ (शिव परियारसँग) लगायत हुन् । अर्कातर्फ ‘भ्वाइस अफ नेपाल’को ‘र्यालिटी सो’ को ‘सिजन फस्ट’मा सहभागी भएर म ‘सेमिफाइनल्टी’ बनें । त्यस्तै नेपाल आइडल २०७६ को टप १८औं पनि भएँ ।

अभिनय पनि गर्नु भएको छ ?
आफूले गाएका गीतहरुमा गरेकी छु । अरुकोमा खासै गरेकी छैन । त्यस्तो व्यवसायिक मोडल होइन म ।

सांगीतिक क्षेत्रमा व्यवसायिक रुपले लागेको कति भयो ?
मैले सांगीतिक क्षेत्रलाई व्यवसायिक रुप लिएको पाँच÷छ भयो । अहिलेसम्म यो बाहेक अन्य पेशा सोचेकी छैन । यसैमा करियर बनाउन लागिपरेकी छु ।

गीत लेख्नुपनि भएको छ ?
सांगितिक क्षेत्रमा मेरो गायन नै हो । गीत लेखनतिर खासै हात हालेकी छैन । एउटा विधामा निख्खरपन नआई अन्यतिर हात हालियो भने सफल हुन गाह्रो हुन्छ ।

पढाई कहाँसम्म पु¥याउनुभयो ?
कक्षा बाह्रसम्म जन्मस्थान हेटौंडाबाटै पुरा गरेकी हुँ । त्यसपछि थप अध्ययनका लागि काठमाडौं छिरेँ । मेनेजमेन्ट ब्याचलर पुरा गरियो । अब मास्टर डिग्रीको तयारीमा जुटिरहेकी छु ।

भविष्यको पेशा गायन नै हो ?
अहिलेसम्म सङ्गीत बाहेक अन्य पेशाको बारे सोचेकै छैन । त्यसैले मेरो बलबुताले भ्याएसम्म र स्वर र स्वास्थ्यले साथ दिँदासम्म सांगीतिक क्षेत्र नै मेरो मूल पेशाको रहने छ । किन भने मैले अहिलेसम्म जेजति मेहनत गरेकी छु । त्यो संगीत क्षेत्रमै गरेकी छु ।

गायन क्षेत्रतिर कसरी आकर्षित हुनुभयो ?
पहिलो त मेरो रुचिको विषय हो । अर्को मेरो पारिवारिक माहोल नै संगीतमय थियो । बुबाको प्रेरणाले नै गायकीमा सफल भएकी हुँ । आफूसँग जति क्षमता भए पनि पारिवारिक सहयोग भएन भने सफल हुन सकिँदैन ।

मेरो बुबा कलाकारितातिर नआए पनि गाउन रुचाउने मान्छे । हार्मोनियम एकदमै राम्रो बजाउनु हुन्छ । मेरो स्वर राम्रो अनि घरमै संगीत सिक्ने मौका मिल्यो ।

छोरी मान्छेलाई कलाक्षेत्र स्थापित हुन गाह्रो छ भनिन्छ नि ?
अप्ठ्योरो त जुनसुकै काममा पनि हुन्छ । यसमा छोरा–छोरी भन्ने नै हुँदैन । आफ्नो अडानमा बसेर काम गर्नेलाई गाह्रो छ । त्यो गन्तव्य आफैले रोजेर हिँडेकाले मलाई त्यस्तो गाह्रो छैन ।

मैले जहाँसम्म पुग्ने लक्ष्य लिएकी छु, त्यहाँसम्म पुग्न अभैm सकेकी छैन । जीवनमा कुनै पनि काम अप्ठ्योरो छ भन्दैमा त्यस्लाई बीचैमा छोड्नुहुँदैन ।

फेरि काममा स्थापित हुने नहुने आपूmमा भर पर्ने कुरा हो । ‘आफू भलो त जगतै भलो’ भनभैmँ के ठीक, के बेठिक भन्ने कुरा आफूले खुट्याउने हो ।

अहिले त ‘टिकटक’बाट आउनेले कला क्षेत्र ढाके नि ?
जसलाई यो काम गर्छु भनेर भित्रदेखि लागेको हुन्छ । उसलाई कसैले रोकेर रोकिँदैन । फेरि कलाकारिता क्षेत्रमा रियालिटी ‘सो’बाटै आउनुपर्छ भन्ने पनि छैन । अहिले डिजिटलको जवाना छ । त्यसलाई सही ढंगले उपयोग गरेर आउन सक्नुहुन्छ ।

जसबाट राम्रा–राम्रा कलाकारहरु आइरहनुभएको छ । लुकेर, कुनाकाप्चामा लुकेर, छिपेर बसेका प्रतिभाहरु आउने बाटो पनि भएको छ । त्यसैले ‘टिकटक’बाट आउँदैमा कलाकार होइनन् भन्न मिल्दैन । उनीहरुले एक÷दुईवटा गीतमा भाइरल भएर मात्रै हुँदैन । आफूलाई व्यवसायिक रुपमा कसरी स्थापित गराउने भनेर सोच्नुपर्छ ।

गायनमा स्वरसँगै सिकाइ पनि आवश्यक छ ?
एकदमै आवश्यक छ । किन भने एउटा स्थापित र सफल गायक÷गायिका बन्न स्वर र कलासँगै संतीत पनि चाहिन्छ । त्यसको अलावा अनुशासन पनि चाहिन्छ ।

कतिको स्वर ईश्वरीय बरदान हुन्छ भने कतिले बनाउनुपर्ने हुन्छ । स्वर, सिकाइ, क्षमता र अनुशासन सबै संगमले सफल गायक’गायिका बन्न सक्छ ।

लोकदोहोरी पनि गाउनुभएको छ ?
लोकदोहोरी नै भनेर गाएकी छैन । तर दोहोरीको मेलोडि पुर्वको लोकभाका गाएकी छु ।

मोडलिङ्कको अफर आए गर्नुहुन्छ ?
आफूले गाएको गीतबाट आए गरेकी छु, गर्छु पनि । अरुले गरेको कथावस्तुमा गर्दिन । यदि गर्नै परेछ भने पहिला कथावस्तु राम्रोसँग अध्ययन गरेर मात्रै गर्छु । अफर आउँदैमा नर्णिय गरिहाल्दिँन ।

नृत्यमा माहिर हुनुहुन्छ ?
त्यस्तो माहिर त छैन । आफूलाई पुग्ने जति गर्छु ।

नवआगन्तुक कलाकारहरुलाई के भन्नुहुन्छ ?
सांङ्गीतिक क्षेत्र त्यति सजिलो छैन । सोचविचार गरेर मात्रै आउनुहोला । एक पटक भाइरल भएर मात्रै पुग्दैन । समयको गतिसँगै गीतसंगीत पनि परिवर्तनशील हुन्छन् । गीतहरु दिनदिनै फेरिँदै जान्छन् । दर्शक, श्रोताको चाहाना पनि फेरिँदै जान्छन् ।

त्यसैले यसको गन्तव्य टाढा छ । त्यहाँ पुग्नेगरी गति लिनुपर्छ । कोही धेरै उत्साहित आउ भनेजस्तो उन्नति गर्न नसकेर फस्टेसन भएको पनि देखिका छन् । सबैभन्दा ठूलो कुरा इच्छाशक्ति र लगनशीलता चाहन्छि ।

कति कलाकारहरु फस्टेसन भएका छन् । यी सबै जोखिमलाई अध्ययन गरेर आउनुहोला भन्न चाहन्छु ।

साङ्गीत कलेज किन पढ्नुभएन ?
संगीत पढ्ने भन्दा पनि घरबाट यतिसम्म पढेको भन्ने योग्यको मात्रै कुरा भयो । त्यही भएर मैले साङ्गीत क्याम्पसमा नपढेको ।

एक मनले संगीत क्षेत्रमा नबसेर विदेश जाने सोच बनाएकी थिएँ । पढ्ने बेलामा एकेडेमिक क्वालिफिकेसनको लागि मात्रै हेरियो पेशालाई केन्द्रमा राखिएन । त्यसैले मेनेजमेन्ट पढेकी हुँ ।

विवाह गरिसक्नुभयो ?
अहिले करियर बनाउने ध्याउन्नाले विवाह गर्न भ्याएकी छैन । त्यसको लागि समय कुरिराखेको छु । सबै चिजको एउटा समय आउँछ । त्यो समयको पर्खाइमा छु ।

ब्वाइफेन्ड पनि छैन ?
आफूले मनले खाएको ब्वाइफेन्ड पाएको छैन । सोचेजस्तो राजकुमारको खोजीमा छु ।

कलाकारहरु किन ढिलो विवाह गर्छन् ?
‘हतारमा विवाह गरेर फुर्सदमा पछुताउनु’ ठीक होइन । विवाह गर्ने समय हुन्छ । करियर बनाउन लाग्दा त्यो समय आउन ढिला भएको हो । अत्तालिएर विवाह गर्नाले धेरैजना पछुताएका छन् । मलाई त्यसरी पछुताउनु छैन । त्यसैले मैले पनि ढिला नै विवाह गर्ने निधो गरेकी छु ।

सम्बन्धित समाचार

सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण शुरु
सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण शुरु
  • २०७७ माघ १३, ११: १९: ४१

नयाँ बिकल्प, काठमाडौं । राजधानी काठमाडौंका वासिन्दाले जीवित संस्कृतिको सम्पदाको रुपमा मान्दै आएका सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण र पुननिर्माण कार्यको...

प्रधानसम्पादक दवाडीलाइ कोभिड संक्रमण
प्रधानसम्पादक दवाडीलाइ कोभिड संक्रमण
  • २०७७ माघ १३, ११: १९: ४१

नयाँ विकल्प काठमाडौं – वरिष्ठ पत्रकार तथा विकल्प राष्ट्रिय साप्ताहिक र नयाँ विकल्प डट कमका प्रधान सम्पादक दामोदर प्रसाद दवाडीलाइ...

राष्ट्रिय सभाका पूर्वसांसद डाक्टर शंकर उप्रेतिको निधन
राष्ट्रिय सभाका पूर्वसांसद डाक्टर शंकर उप्रेतिको निधन
  • २०७७ माघ १३, ११: १९: ४१

नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसका पुराना नेता तथा राष्ट्रिय सभाका पूर्वसदस्य सांसद डा. शंकरप्रसाद उप्रेतीको शनिबार राती काठमाडौमा निधन...

भर्खरै

TOP