कर्णाली । राष्ट्रिय सौन्दर्यकर्मीहरुको समूहले नेपाल कर्णाली प्रदेशले मानव सेवाआश्रम सुर्खेतमा आश्रित मानिसहरूको केश सुधार गरेको छ ।
उनीहरुको केश काट्नुका साथै व्यक्तिगत सरसफाइ गरिएको सौन्दर्यकर्मी युनियन नेपाल कर्णाली प्रदेशका अध्यक्ष प्रमी शाक्यले बताए ।
‘मानव सेवा नै सर्वोत्तम कार्य हो’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै मानवसेवा आश्रममा आश्रितहरूको केश सुधार गरिएको छ ।
मानव सेवाआश्रम कर्णाली प्रदेशका संयोजक सृजना ओलीले सौन्दर्यकर्मीहरूको सहयोगबाट निकै खुशी मिलेको बताईन् । “सडकबाट आएकाहरूलाई सेवा गर्न मानिसहरू हत्तपत्त आउँदैनन् ।” “यद्यपि हाम्रो सानो अनुरोधमा युनियनका प्रदेश अध्यक्षले सौन्दर्यकर्मीहरूको साथ सहयोगमा केश सुधार गरिदिएको छन् ।”
कोरोना महामारीका कारण भएको लकडाउनले आश्रममा आश्रित आमाबुबाहरूको केश काटेर पवित्र सहयोग गरेको भन्दै सौन्दयकर्मी युनियन नेपाललाई हार्दिक धन्यवाद दिए । नौ सौन्दयकर्मीले ५० आश्रित मानवको केश काटेका थिए ।
नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...
नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...
नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...